बाँके जिल्लामा संचालन भइरहेका विभिन्न स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा गरिएको अनुगमनका क्रममा अबैध तथा गैर–व्यवसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ परेका छन् ।
आइतबार नेपालगन्ज र कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा सम्बन्धित सञ्चालक सहित ११ जना महिला र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिए ।






























