जिल्ला प्रहरी कार्यालय बाँकेले भ्रष्टाचार मुद्दामा फरार तीन जनालाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले भ्रष्टाचार मुद्दामा फरार प्रतिवादीलाई छ वर्षपछि सोमबार कोहलपुरबाट प्रहरीले पक्राउ गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक पातलीले विसं २०७६ भदौ २३ मा अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका तीन जनालाई पक्राउ गरी अदालतमा बुझाइएको जानकारी दिए । उनका अनुसार तत्कालीन वडासदस्य कहरसिंह थापा, तत्कालीन नासु खिमलाल पाण्डे, तत्कालीन सवइञ्जिनियर नेत्रविक्रम थारुलाई तीन महिना कैद र तीनै जनालाई रु ३७ हजार ९२१ जरिवाना गरिएको थियो ।
