दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमाली जिल्ला डोल्पाका बालबालिकाहरूको शैक्षिक पहुँच सहज बनाउने उद्देश्यले ‘वन स्टेप फाउन्डेशन’को सहयोगमा महत्वपूर्ण सामग्री हस्तान्तरण गरिएको छ ।

फाउन्डेशनका प्रतिनिधि महेश जोशीका अनुसार, डोल्पाको शे–फोक्सुन्दो गाउँपालिकाअन्तर्गतका अति दुर्गम गाउँहरू—नाम्दो, सालदाङ, काराङ, कोमस, लुरी, मुसी, तिलिङ र नाइसालका विद्यालयहरूमा अध्ययनरत बालबालिकाका लागि ४०० थान गोल्डस्टार स्कुल जुत्ता र ४०० थान मोजा प्रदान गरिएको हो ।

नयाँ वर्षको पहिलो दिन, मंगलवार काठमाडौंको बौद्धमा आयोजित एक औपचारिक कार्यक्रममार्फत शे–फोक्सुन्दो गाउँपालिकाका उपाध्यक्ष डोल्पो वाङछेङ, वडा अध्यक्ष जीग्मे लामा तथा पेमा छिरिङ गुरुङलाई फाउन्डेशनका नेपाल प्रतिनिधि जोशीले उक्त सबै सामाग्री हस्तान्तरण गरेका हुन् ।

दुर्गम भेगका बालबालिकाहरू दैनिक रूपमा कठिन भौगोलिक अवस्थाबाट विद्यालय पुग्न बाध्य हुने अवस्था रहेको छ । ‘यस्तो परिस्थितिमा जुत्ता र मोजाजस्ता आधारभूत सामग्रीले उनीहरूको विद्यालय यात्रा सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ,’ फाउन्डेशनका प्रतिनिधि जोशीले भने ।

अमेरिकास्थित बाल जोशीले फाउन्डेशनमार्फत शिक्षा पहुँच विस्तार र बालबालिकाको आधारभूत आवश्यकतामा सहयोग पु¥याउने लक्ष्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन आएका छन् । धारा नेपालगन्ज म्याराथनमार्फत पनि बालबालिकालाई फाउन्डेशनले सहयोग गर्दै आएको छ ।

Exit mobile version