For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Blog

बहस–जेन जि बिद्रोह

byDainik Nepalgunj
November 23, 2025
in Blog
0 0
0
बहस–जेन जि बिद्रोह
Share on FacebookShare on Twitter

भाद्र २३ र २४ को जेन जि बिद्रोहपछिको अवस्था राजनिती, अबको कार्यकारी ब्यबस्था, संघीयता र सरकार निर्माणमा बढी र भ्रष्टाचारका बिषयमा बहश भएका छन  । हामीले बहश गर्नैपर्ने चाहिँ हाम्रो समाज कस्तो बनाउने “अब“ हुनुपथ्र्यो किनकी यहि समाजको उत्पादन हो हाम्रो राजनितिक सस्कार र सस्कृती  । हामीले चटक्कै भुलेको र बहश हुनुपर्ने बिषय “हाम्रो व्यबहार परिवर्तन“ थियो होला  । म वा हामीले हाम्रा व्यवहार परिवर्तन नगरे देश सधै बिद्रोह, द्वन्द र हिंसाको दलदलमा जानेनै हो  । भौतिक संरचना बिकास समयानुक्रममा हुने बिषय हुन  । बिकास पनि हाम्रो सामाजिक चरित्रले निर्माण गर्ने नै हो  ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको दशक पुगिसक्दा राजनिती मात्रै हैन लामो समय विभिन्न संघर्षबाट यहाँसम्म आईसकेका दलहरूको बिबिध बिषयमा देखिएको चरम अकर्मण्यता, नाताबाद, भ्रष्टाचार, सबै क्षेत्र दलियकरणले भाद्र २३ बिद्रोहमा नरसंहार र २४ गते इतिहास मै ठूलो विध्वंस भयो  । यो बिदोहका सन्दर्भका बारेमा सबैका आ–आफ्ना मत÷प्रतिक्रिया बाहिर आईसकेका छन, आईरहेकाछन र आईरहनेछन नै  । आजकादिनसम्म यस्लाई जेन जि बिद्रोहको रूपमा हेर्ने बलियो मत रहेको छ  । नेपालको आधुनिक राजनीतिक इतिहासमा यो बोद्रोहले नयाँ अध्याय पनि थपेको छ, यो अध्यायलाई छलकपट र नबङ्ग्याई आउने पुस्तालाई पनि बुझाउनु पर्नेछ यस्का लागि राजनीति बिषयका अध्येता, अनुसन्धानमा लागेका बिद्यार्थीहरूले निर्माण गर्नुछ  ।

यो बिद्रोहको स्पष्ट सन्देश थियो हामी, हाम्रो समाज र यहाँका नेतृत्वकर्ता भ्रष्ट भए र थिए त्यसैले नेपालको राजनितीक “कोर्ष रिफर्म“ गरौ  । यो एउटा सन्देसले धेरै धेरै बिषयमा परिवर्तन खोजेको छ  । यहाँ नागरिक समाज घोत्लिनु जरुरी छ, समाज पुनर्जाग्रीत हुन आवश्यक छ, ब्यक्ती ब्यक्तिका व्यवहार परिवर्तन आवश्यक छ, राजनीतिक दल र नेतृत्वमा रहेकाहरू सच्चिनु र पुनर्निर्माण आवश्यक छ  । त्यो कसरी त? त्यो काम अब घरमा परिवारबिच, समुदाय र समाज, गैरसरकारी सरकारि सस्था र राजनितिक दलहरू, सरकारी सम्यन्त्रहरू, कर्मचारी र ब्यबसायिहरू, सञ्चार क्षेत्र सबैले एकपटक मथिङ्ग्ल हल्लिने गरि बहश गर्न आवश्यक छ र परिवर्तित हुनुपर्नेछ  ।

सोचौ त! के हाम्रा घर परिवारमा सभ्य समाज बनाउने आफ्नै भुमिकाका बारेमा छलफल हुन्छन? के हामीले छान्ने नेतृत्व (जुनसुकै होस÷हुन त्यो टोलबिकास देखि) का बारेमा हामी घनिभुत बिबेचना गर्ने गरेका छौ? हाम्रो गाउँ÷शहर कस्तो हुनुपथ्र्यो÷हुनुपर्छ घोत्लिने गरेका छौ? के हामीले आर्थिक पारदर्शिताका लागि घर÷छिमेककालाई औला उठाउने गरेका छौ? के महिला÷बालबालिका, दलित, अपाङ्गता, अल्पसंख्यक माथी भएको दुव्र्यवहारलाई प्रश्न गर्न र दण्डित गर्न पहल गरेका छौ? के हामी समाबेशी बिकास र सहभागितालाई सुनिश्चितता गर्न सक्छौ? माथीका तमाम प्रश्नहरूको एउटै उत्तर हामीले सक्थ्यौ गरेनौ, किनकी तत प्रश्न गर्ने ठाउँमा हाम्रा मान्छे थिए र छन  । यस्ले प्रत्येक दशकमा हैन बर्षैभरी बिद्रोह गरेपनी, ब्यबस्था नै परिवर्तन गरेपनी नेतृत्व तहमा त उहीँ आउछन, अनुहार मात्रै फरक हुन्छन, उमेर मात्रै फरक  । ती पनी यहि परिवार र समाजबाट आउने त हो, यहाँ जन्मदै खराब त कोहि छैनन र पछि नायक बनेर आउनेवाला पनि कोहि छैनन जबसम्म हाम्रो सामाजिक चरित्र फेरिन्न, प्रबृत्ती फेरिन्न  ।

जेन जि हरू त एउटा परिपक्व बन्ने र हुने उमेर समूह न हुन त्यसैले यो उमेर समुहको बिद्रोह घर÷समाज बाट हुनुपर्छ । आजका दिनपनी हामीले सुन्ने देख्ने गरेको महिला भएकै कारण प्रधानमन्त्री जस्तो ब्यक्तिलाई अपशब्द बोल्ने, महिला मेयर भएकै कारण अनेकन लान्छना लगाउने, धम्की दिने, शारिरक दुर्लभता कै कारण हेपाईमा पर्नुपर्ने, दलित समुदाय हुने बित्तिकै नाक खुम्च्याएर आरोप लगाईहाल्नु पर्ने लगायत सयौ मुद्दाहरू पार नलगाई समाज बदलिने त छैन यी सबै बिषय नबदिलिई राजनिती र नेतृत्व परिवर्तन र भ्रष्टाचार न्यूनीकरण हुनेपनी छैन  ।

आजको यथार्थ हेरौं
अपराध, बेरोजगारी, विभेद, असमानता र संवेदनाको अभावले हाम्रो दैनिक जीवनलाई घेरेको छ । यसैले प्रश्न उठ्छ – के हामी साँच्चै सभ्य समाजतर्फ हिँडिरहेका छौं? एकपटक कल्पना गरौं त, बिहान चिया पिउँदै बगैँचामा समाचार पढ्ने शान्त क्षणमा समाचारको पहिलो पृष्ठमा के देखिन्छ? बालिका बलात्कार, आत्महत्या, घरेलु हिंसा, सडक दुर्घटना, पदको दुरूपयोग, बेरोजगारी र
असुरक्षा । यी समाचारहरूले हामीलाई याद गराउँछन् कि विकासका हरेक पाईलामा अझै पनि अन्धकारको छाया बाक्लिँदै छ । मानिस अब शान्तिबाट होइन, तनावबाट उठ्छ र तनावमै
सुत्छ । यो केवल व्यक्तिगत समस्या होइन; यो सामूहिक चेतनाको संकट हो । जब समाज नै संवेदनाहीन बन्छ, जब पीडा र अन्याय सामान्य बन्छ — तब सभ्यताको अर्थ हराउँछ अनि कसरी देश बन्छ?

नेपालको सामाजिक जीवन अहिले अचम्मको अवस्थाबाट गुज्रिरहेको छ । हामीले भौतिक रूपमा प्रगति गरेको दाबी गर्छौं — भवनहरू अग्ला छन्, सडक फराकिला छन्, मोबाइल र इन्टरनेट सुलभ छन् । अर्कोतर्फ व्यवहार र सोचमा हामी अझै परनिर्भर, पूर्वाग्रही र असहिष्णु छौं ।

राजनीतिक आडमा मौलाएको दण्डहीनता, बढ्दो भ्रष्टाचार, र शिक्षाको कमीले समाजको मेरुदण्ड हल्लाइरहेको छ । कानुन छ, तर लागू हुँदैन; नीतिहरू छन्, तर पालन हुँदैन । हरेक क्षेत्र आफ्नो स्वार्थमा सीमित देखिन्छ । परिणामस्वरूप आजपनि नागरिकमा चरम असन्तोष छ र निराशा झन बढ्दै गएको छ  ।

हामी बिद्रोहपछी “समृद्धि” भन्ने शब्द अत्यधिक प्रयोग हुन्छ र गर्छौ । चिल्ला सडक, ठूला भवन, रेलमार्ग र मल निर्माणलाई विकासको सूचक ठानिन्छ । समृद्धि केवल संरचना होइन — मानव चेतना र सामाजिक न्यायको संयोजन हो । जब नागरिक असुरक्षित छन्, जब युवामा बेरोजगारी छ, जब महिलाले आफ्नै सहरमा डरको वातावरण महसुस गर्छिन्, जब बालबालिकाको शिक्षा र स्वास्थ्यलाई बेवास्ता गरिन्छ — त्यो सहर कस्तो समृद्ध?

महिलामाथि हुने हिंसा, बलात्कार, विभेद र सामाजिक अवरोधका घटनाहरूले हाम्रो चेतनालाई हल्लाउन थालेका छन् । अहिले पनि नागरिकता, रोजगारी, शिक्षा, सम्पत्ति र राजनीतिमा महिलालाई दोस्रो दर्जामा राख्ने प्रवृत्ति कायम छ । समृद्ध सहरमा आधा जनसंख्या असुरक्षित र मौन छ भने, त्यो समृद्धि केवल भ्रम हो । महिलाको अधिकार र सम्मान सुनिश्चित नगरिकन कुनै पनि देश, प्रदेश वा सहर सभ्य र समृद्ध बन्न सक्दैन । साँचो समृद्धि तब मात्र सम्भव हुन्छ जब आमा, दिदी, छोरी, पत्नी र नागरिकका रूपमा महिलाले समान अवसर, सम्मान र सुरक्षाको अनुभूति गर्न सक्छिन् ।निर्माणले दृश्य बदलिन्छ, तर चेतना
बदलिँदैन । सभ्य समाजका लागि चाहिन्छ — सामाजिक सुरक्षा कार्यक्रमहरू, महिला र बालबालिकाको संरक्षण, युवाको रोजगारी र चेतना विकास, सार्वजनिक प्रशासनमा पारदर्शिता, र नागरिक सहभागिता ।

विश्वका “बस्न योग्य सहर”हरू केवल आधुनिक संरचना बनाएर मात्रै हैन, नागरिकमैत्री प्रशासन र सामाजिक सुरक्षा प्रणाली बनाएर सभ्यताको उदाहरण प्रस्तुत गरेका छन् । त्यहाँका नागरिक सुरक्षित महसुस गर्छन्, सरकार जिम्मेवार छ, कानुन कडाइका साथ लागू हुन्छ, र समान अवसर सुनिश्चित गरिएको छ । नेतृत्वमा पुगेकाहरू ती सहरहरूको यात्रा गर्छन र तिनको सराहना÷बयान गर्छन, फर्किएपछि आफ्नै व्यवहारमा परिवर्तन ल्याउन पहल गर्दैनन  । समृद्धि आयात गर्न सकिँदैन; त्यसलाई सोच र अभ्यासमा रोप्नुपर्छ ।

सभ्य समाज निर्माणको पहिलो चरण मानसिक परिवर्तन हो । हाम्रा विद्यालयहरूले केवल परीक्षा होइन, सामाजिक र राजनीतिक जिम्मेवारी पनि सिकाउनुपर्छ । समाजप्रति पनि कर्तव्यबोध गर्नुपर्छ । अपराध, हिंसा र विभेदविरुद्ध बोल्नु हाम्रो जिम्मेवारीहो । मौन रहनु भनेको अन्यायको सहयात्री बन्नु हो ।

सभ्य समाज र समृद्ध राष्ट्र दुवैका आधार समान छन् — मानवता, समानता र जिम्मेवारी । भौतिक विकास आवश्यक छ, तर त्यो पर्याप्त होइन । सडक, भवन र उद्योगले त शहर बनाउँछन्, तर मानिसको सोच, व्यवहार र संवेदनाले मात्र समाज बनाउँछ । सभ्य समाज भनेको त्यो हो, जहाँ हरेक नागरिकले आफू सुरक्षित, सम्मानित र उत्तरदायी महसुस गर्छ । मानव
मूल्य, सहअस्तित्व र चेतनाको उन्नति हुनुपर्छ । त्यो सम्भव छ, यदि हामी सबैले आफूबाट सुरु गर्ने हिम्मत गर्छौं भने । “सभ्यता र सुरक्षाविहीन विकास केवल भ्रम हो; साँचो समृद्ध समाज चेतनाको उज्यालोमा निर्माण हुन्छ ।”

Previous Post

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

Next Post

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

Next Post
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version