एक महिनामै एघारको मृत्यु
गत कात्तिक महिनामा मदिरा सेवन (मापसे) का कारण देशभर २५० सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ११ जनाको मृत्यु भएको र ३७५ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै दुर्घटना लुम्बिनी प्रदेशमा १०३ दर्ता भएका छन्, जहाँ ७ जनाले ज्यान गुमाए र १६८ जना घाइते भए ।
उपत्यकामा ५७ दुर्घटना (१ मृत्यु, ७७ घाइते), कोशीमा ४१ (१ मृत्यु), मधेशमा २० (१ मृत्यु), बागमतीमा १२ (१ मृत्यु), गण्डकीमा ८ (मृत्यु शून्य), कर्णालीमा ६ (मृत्यु शून्य), र सुदूरपश्चिममा ७ (मृत्यु शून्य) दुर्घटना भएका छन् ।
प्रहरीका अनुसार, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम अत्यधिक बढेको छ । देशभर मापसे चेकजाँच थप कडा बनाइने बताइएको छ ।