बाँकेमा ८० एचआइभी संक्रमित थपिए

बाँकेमा गत आ.व. २०८१/८२ मा ८० जना एचआइभी संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र शाहले जानकारी दिएका छन् ।

बाँकेमा आ.ब. २०८१/८२ मा ८ हजार ६ सय ९७ जनामा जाँच गर्दा ८० जना नयाँ एचआइभी संक्रमित पत्ता लागेको शाहले बताएका छन् ।

जिल्लामा आ.व. २०८०/०८१ मा १ सय १ जना एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक छ । जिल्लामा १० हजार ७ सय ५९ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका थिए । त्यसअघिको आ.व. २०७९÷०८० मा १ सय ९ जनामा संक्रमण देखिएको थियो । उक्त आ.व.मा १७ हजार ३ सय २८ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन शाहका अनुसार, बाँकेमा आ.ब. २०८१/८२ सम्मको अभिलेख अनुसार ६ सय १३ जना एचआईभी संक्रमित भेरी अस्पतालमा एआरटी उपचारमा रहेका छन् । त्यसैगरी पीएमटिसिटी कार्यक्रम अन्तर्गत २८ हजार २ सय ३४ जना गर्भवती आमाहरूलाई एचआइभी जाँच गर्दा नयाँ एचआइभी संक्रमित नभेटिएको तथ्यांक रहेको छ । भेरी अस्पताल नेपालगन्जमा गत आर्थिक बर्ष २०८०÷८१ मा ७ जना एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए भने त्यस अघिल्लो आ.व.मा ५ जना संक्रमितले स्वस्थ बच्चा जन्माएका थिए ।

गर्दा नयाँ एचआइभी संक्रमित नभेटिएको तथ्यांक रहेको छ । भेरी अस्पताल नेपालगन्जमा गत आर्थिक बर्ष २०८०/८१ मा ७ जना एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए भने त्यस अघिल्लो आ.व.मा ५ जना संक्रमितले स्वस्थ बच्चा जन्माएका थिए ।

Exit mobile version