कहाँ रुमलियो परिवर्तनको चाहना

निराशाको उदगम बिन्दु

झन्डै दसक लामो द्वन्द्व र संक्रमणकाल पार गरिसकेको देश ०६२÷६३ को राजनीतिका पछी पनि एकदशक नया संबिधान निर्माण प्रक्रिया मै रुमलियो, त्यसपछिको दशक आवाधिक निर्वाचनले पनि ठ्याक्कै बाटो नपक्डिएपनि केहि सुधार र बिकासको लयमा थियो । आशा थियो—अब देश बन्नेछ, अब त राजनीतिक स्थायित्व र विकास दुवैलाई दिशा मिल्नेछ । यो आशा केवल राजनीतिक भाषणले जन्माएको थिएन; नागरिकको वास्तविक चाहना थियो । हिंसात्मक द्वन्द्व, आन्तरिक बसाईसराई अझ तिब्र सहर केन्द्रित, र अनिश्चितताबाट थाकेका नागरिकहरूलाई नयाँ प्रारम्भको आवश्यकता थियो । समयसँगै यो कुरा हामीले देखेको सपना र धरातलबीच ठूलो खाडल नै रहेछ ।

देशमा केहि हुदै नभएको होईन बिकासको सुस्त गतिमा अघि बढिरहेको थियो, संसार भने ए–आई, रोबोटिक्स, इन्टरनेट क्रान्ति, क्लाउड बजार, आवागमनको सरलता—यी सबैले विश्वव्यापी रूपमा द्रुत गतिमा अगाडी बढे  । नेपाल कै छिमेकी छिन् विश्वको शक्तिशाली मध्ये एक भैसकेको छ, एकैदिन मै सयौ किलोमिटर सडक निर्माणदेखि गगनचुम्बी भवन बनाएको देखेका छौ, एलन मस्क अर्को ग्रहमा मान्छे घुम्न लैजाने प्लान गर्दैछन, यी सबै मोबाईलमा देखेका र सुनेका हामीलाई हाम्रो देशमा केहि भएन भन्ने थियो ।

विश्वका ३.४ प्रतिशत मानिस अन्यत्र बसाइँसराई गरिरहेका थिए । युरोप होस् वा अमेरिका, अफ्रिकी देशहरू होस् वा एशिया—मानिसहरू निरन्तर बसाईसराई गरिरहेका छन् । नेपालीहरू पनि त्यसको एकहिस्सा बने । कसैले रोजगारी खोजेर, कसैले पढाइको निम्ति, कसैले अवसर र अनुभवको कारण विदेशिईरहेका छन्  । देश रित्तियो र सक्कियो भन्ने भाष्य बनेको छ, केहि काम गर्न पर्यो भने कसले गर्छ देश मै कोहि छैन भनिन थालियो, यसले देश नबनेको प्रमाण दियो यो तर्क अत्यन्त साँघुरो बुझाइ हो । बनेका देशका नागरिक पनि बसाइँ सराइ गर्छन्; त्यसैले विदेशिनु नै देशको दुर्भाग्य होइन । दुर्भाग्य त त्यतिबेला हुन्छ जब विदेशिनु नै समाधान ठानिन्छ, अनि देशभित्रका समस्याका गहिरा कारणहरू बेवास्तामा पर्छन् ।

सरकार संचालकहरूले समयसँगै अघि बढेको विकासलाई आफ्नै राजनीतिक उपलब्धि ठानिरहे । जनताका आधारभूत कामहरूमा आशातित उपलब्धि हुनसकेन । शिक्षा–स्वास्थ्य अत्यन्त महङ्गो र सहज भएनन  । कार्य÷सेवा पहुचका आधारमा मात्रै हुनथाल्यो, नीतिगत सुधार धेरैचाहि कुरा–कुरामै सीमित
भए  । रोजगारी हरेक चुनावी वाचा बने, आफैले बनाएको मुलमन्त्र नै कसैले पढेनन  । भ्रष्टाचार यति सामान्य बन्यो कि नीतिगत रूपमा स्वीकार्यजस्तै लाग्न थाल्यो । नेताका आसेपासेहरू नीति निर्माणका केन्द्रमा उभिए, पहुँचका आधारमा देश चलाइयो, र योग्यताभन्दा समूह–निष्ठा ठूलो बनाइयो । विरोधका आवाजहरू कमजोर पारिँदै गए । विद्रोह चाहिँ युवाको मनमा बिस्तारै जम्न थालिसकेको थियो ।

राजनीतिले सहिबाटो नपकडीदिदा देश आर्थिक मन्दीमा थियो, न त त्यस अनुसार मौद्रिक नीति र अर्थ व्यवस्थालाई हटाउन सकेनन, अनुत्पादक क्षेत्रमा लगानी र कमिसन आम्दानि हुने आर्थिक नीतिहरू बने जसले नेतालाई पालन पोषण गर्ने बातावरण बन्यो  । यसैबीच बैंकहरू नियन्त्रणविहीन हुँदै गए, बिचौलियाले राज्यको ढोका सम्हाल्न थाले, योग्यले काम पाउन सकेन, दण्डहीनता सामान्य चिजझैँ बन्यो । यी सबै केवल नेतृत्वका कमजोरी मात्र थिएनन्—हाम्रो मौनता, बेवास्ता र नागरिक रूपमा निभाउनुपर्ने भूमिका नबुझिएको तथ्य पनि थियो ।

यही निराशाको पृष्ठभूमिमा जेन–जी पुस्ताले कोठाभित्र, डिक्सर्डका थ्रेडहरूमा, अनलाइन गोष्ठीमा, कलेजका क्यान्टिन र क्याफेहरूमा बहस सुरु गर्यो । भ्रष्टाचारमुक्त शासन, समानताको समाज, पारदर्शी प्रशासन, पुरानै तरिकाले जकडिएको नीतिगत मानसिकताका विरुद्ध आवाज उठ्यो । त्यो आवाजले भदौ २३ मा देशलाई हल्लाइदियो । केवल २४ घण्टामा राजनीतिक संरचना हल्लिने, प्रधानमन्त्रीदेखि ठूला नेतासम्म सुरक्षित ठाउँ खोज्न बाध्य हुने, र द्वन्द्वकालमा पनि नभएको क्षति देखिनु—यो केवल एउटा दिनको विस्फोट थिएन; दशकौँको दमन, उपेक्षा र निराशाको प्रतिक्रिया थियो ।

कता रुमलियो परिवर्तनको आवाज
मंसिरको आधा भैसक्दा नागरिकका मनमा नयाँ प्रश्नहरू उठन थालिसकेको छ के देशले फेरि लय समात्ला? के भाद्र २३÷२४ आन्दोलनले उठाएका प्रमुख र मूलभुत मुद्दाहरू सम्बोधन होलान? राज्य पुनर्संरचनामा छुटेका बिषयमा नीतिगत बहश र ति परिवर्तन होलान? अथवा यो पनि हाम्रो इतिहासका दर्जनौँ घटनाझैँ स्मृति मात्र बन्न पुग्ला? नेपालमा जस्तै जेन जी आन्दोलनको ध्वनि विश्वभर एउटा ठूलो तरंग थियो विश्वभर नै मिल्दोजुल्दो मुद्दा थिए – पुराना मूल्य र मान्यताको समीक्षा, भ्रष्टाचारको न्यूनीकरण, सुशासन सेवाग्राहीको सम्मान, उपभोक्ता चेतना, दायित्वसहितको सहभागिता, प्रविधिको उपयोग । नेपालमा पनि त्यसैको तरंग छि¥यो, सामान्य लिइएको बिद्रोहले २ दिन मै विश्व मै तरंगित बनाईदियो । यो परिवर्तन पछी हाम्रो राजनीति, शक्ति, पहुच, शाशक बन्ने रहर मनोविज्ञानले गाजेको छ ?

पछिल्लो तिन महिनालाई हेर्ने हो भने, के हामी साच्चै समाज रूपान्तरणका लागि आवाज उठाइरहेका छौँ? अथवा कुनै व्यक्तिविशेषप्रति असन्तुष्टिले हामीलाई क्रोधित बनाएको हो? कि जेन जी आन्दोलनका नाममा कतिपय मानिसहरू आफ्नो शक्ति–स्थापित सुरु गर्दैछन्? समस्या केवल ‘तीन नेताहरू’ मात्र थिए? के तिनले पद छाड्दैमा ब्यबस्थामा गडेको भ्रष्ट नीति र बिचौलिया हटलान? समस्या व्यक्तिमा हो कि प्रणालीमा? प्रश्न प्रणालीमा थियो र छ, नेतृत्वमा मात्र होइन गलत प्रवृति÷सस्कार÷सस्क्र्ती का प्रणाली बदल्ने बहस हामीले कति गम्भीरतापूर्वक गरिरहेका छौँ? प्रश्न समग्र नागरिक समाजलाई तेर्सिएको छ ।

हामीले धेरैजसो समय विकासका असम्भव आकांक्षा बनायौँ । पाँच वर्षमै युरोप बन्ने कल्पना गर्यौँ, तर राज्यले आय कहाँबाट कमाउँछ, लगानी कसरी बढ्छ र गरिरहेकोछ, पूर्वाधार निर्माणको गति कसरी तय हुन्छ, बजारको क्षमता कति छ—यस्ता आधारभूत प्रश्नहरूमा न ध्यान दियौँ, न बहस गर्यौँ । आलोचना मात्र हाम्रो भाषा बन्यो, हामीले हाम्रालाई सधै राम्रा देख्यौ भने, आलोचनात्मक चेत नै लगाएनौ  ।

आन्दोलनपछि देखिएको अर्को चिन्ता अझै गम्भीर छ—कतिपय समूहमा अब ‘नेता बन्ने’ हतारो बढेको छ । शक्ति प्रदर्शन, अनावश्यक पद–माग, भागबण्डा, धम्की, आतंक–प्रदर्शन—यी जेन जी आन्दोलनको मूल मर्मविपरीत छन् । यही बानीले पुराना नेतृत्वलाई बदनाम ग¥यो; नयाँ पुस्ताले नै त्यही ढर्रा दोहो¥यायो भने परिवर्तनको सपना फेरि अधुरै रहन्छ ।

देश कसले चलाउँदैछ भन्नेभन्दा मुख्य प्रश्न—कसरी चलाइन्छ ? हामीले कतिपटक आफैँलाई सोध्यौँ ?

राज्य सञ्चालनका तौर–तरिका गलत छन् भन्न सजिलो छ, नागरिक रूपमा हाम्रो आचरण कत्तिको सही छ? हामीले गरिरहेको ब्यबहार सहि छ त? अन्ततः, प्रश्न गर्ने अधिकार सबैलाई छ । आलोचना गर्ने हक पनि सबैलाई
छ । तर आलोचनासँगै उत्तरदायिता बाँध्न सकिएन भने, यो चक्र यहीँ घुमिरहन्छ । नेपाल केवल नेताले बनाउने देश होइन; नागरिकले पनि बनाउने हो । अगाडि बढ्नुअघि आफैँमा झसङ्ग हेर्ने साहस जेन जेड पुस्ताले राख्न जरुरी छ ।
विद्रोह परिवर्तनको भाषा हो, तर परिवर्तनको आधार उत्तरदायित्व हो । यदि हामीले यही नबिस्र्यौँ भने—देश फेरिन
सक्छ । यदि बिर्सियौँ भने—हामी फेरि इतिहासकै घुम्तीमा उभिन बाध्य हुनेछौँ ।

Exit mobile version