निर्वाचन तयारीः लुम्बिनीमा थपिए मतदान केन्द्र

बाँकेमा एउटा मतदान केन्द्र थप

सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी गरिरहँदा लुम्बिनी प्रदेशमा २४ वटा मतदान स्थल थपिएका छन् ।

नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको संख्या एक हजार छ सय ७४ पुगेको छ । मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ पुगेको छ । मतदाताको संख्या बढी भएका जिल्लामा मतदानस्थल थपिएको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् । लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँचीमा सात वटा मतदान स्थल थपिएको सूचना अधिकारी कुँवरले बताए । उनका अनुसार, जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिसअनुसार निर्वाचन आयोगले नयाँ मतदान स्थल थपेको हो । दाङमा छ वटा, गुल्मीमा चार वटा, प्युठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक÷एक वटा मतदान स्थल थपिएका छन् ।

Exit mobile version