बर्दियाको राजापुर–४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा काम गर्ने दाङ तुलसीपुर–५ का २८ वर्षीय निरज चौधरीको गोली प्रहारबाट हत्या भएको छ । उनीसँगै बस्ने रेष्टुरेन्ट संचालक ३५ वर्षीय महावीर चौधरी घटनापछि मोटरसाइकल (सु.प.प्र. ०१०० प ४९१३) लिएर फरार छन् ।
नजिकबाट गोली हानिएको आशंका भए पनि पोष्टमार्टम उनका अभिभावक भारतबाट आएपछि मात्र हुने प्रहरीले जनाएको छ । निरजलाई गुपचुप रूपमा नेपालगन्ज ल्याइएपछि अस्पतालले मृत घोषणा गरेको हो ।
विदेश पठाइदिने भन्दै लिएको रकम फिर्ता माग्दा विवाद भई गोली प्रहार भएको प्रारम्भिक अनुमान छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिंदै भनेको छ, मुख्य अभियुक्तको खोजी जारी छ ।
