For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व

byDainik Nepalgunj
December 9, 2025
in मुख्य समाचार, विचार
0 0
0
मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व
Share on FacebookShare on Twitter

वसन्त गौतम

मानव अधिकार संरक्षणको मोर्चामा अग्रपङ्तिमा रहेका व्यक्तिहरू—मानव अधिकार रक्षक—आज विश्वभर लोकतन्त्र, न्याय र समानताको आधारस्तम्भका रूपमा परिचित छन् । संयुक्त राष्ट्रसंघले सन् १९९८ मा जारी गरेको “विश्वव्यापी रूपमा स्वीकृत मानव अधिकार र मौलिक स्वतन्त्रताको संवद्र्धन तथा संरक्षण गर्ने व्यक्तिहरूको अधिकारसम्बन्धी घोषणापत्र (UN Declaration on Human Rights Defenders, १९९८)” ले पहिलोपटक यिनको भूमिका, अधिकार र सुरक्षा सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय ढाँचा प्रस्तुत गरेको हो । सो घोषणापत्रको धारा १ मा “हरेक व्यक्तिलाई मानव अधिकार र मौलिक स्वतन्त्रताको प्रवद्र्धन र संरक्षण गर्न अधिकार हुन्छ” भनेर स्पष्ट उल्लेख गरिएको छ । नेपालले पनि राष्ट्रिय कानुनी संरचनामार्फत मानव अधिकार रक्षकको परिचय, दायित्व र सुरक्षालाई क्रमशः संस्थागत गर्दै आएको छ।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ३२ र त्यसअनुसार जारी ‘मानव अधिकार रक्षक सम्बन्धी मार्गनिर्देशिका, २०६९’ ले मानव अधिकार रक्षकलाई व्यक्तिगत, समूह वा संस्थागत रूपमा मानव अधिकारको प्रवद्र्धन, संरक्षण, सम्मान तथा पालनामा सक्रिय व्यक्तिका रूपमा परिभाषित गरेको छ । मार्गनिर्देशिकाले पूर्णकालीन, आंशिक, वैतनिक वा अवैतनिक—सबै प्रकारका अभियन्तालाई मानव अधिकार रक्षकको दायरामा समेटेको छ । नेपालमा मानव अधिकार रक्षकका लागि काम गर्ने वातावरण कानुनी रूपमा सुनिश्चित देखिए पनि व्यवहारमा उनीहरूले दैनिक रूपमा बहुआयामिक जोखिमको सामना गर्दै आएका छन् ।

मानव अधिकार रक्षकको मुख्य भूमिका मानव अधिकार हननका घटनाको अनुगमन, अभिलेखिकरण, पीडितको न्यायका लागि वकालत, उजुरी दर्ता, कानुनी परामर्श, सार्वजनिक बहस, शिक्षासम्बन्धी कार्यक्रम र राज्यका जिम्मेवार निकायसँग संवादमार्फत दण्डहीनता अन्त्यमा योगदान पु¥याउने हो। संक्रमणकालीन न्यायदेखि बालअधिकार, दलित अधिकार, महिला अधिकार, अपांगता, बन्धुवा मजदुरी, सडक बालबालिका, सीमान्तकृत समुदायका मुद्दामा—नेपालका मानव अधिकार रक्षक सक्रिय भूमिकामा देखिएका छन्। उनीहरू ‘आवाजविहीनको आवाज’ बनेर न्याय प्रणालीलाई संवेदनशील बनाउन जुटिरहेका छन्।

तर चुनौतीहरू यत्ति सरल छैनन् । युएन घोषणापत्रको धारा १२ ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न राज्यको विशेष दायित्व औंल्याएकै छ—तर व्यवहारमा नेपालमा यो दायित्व पुर्ण पालना भएको देखिदैन । मानव अधिकार रक्षक माथि हुने धम्की, निगरानी, खोट लगाउने अभियोग, झूटा मुद्दा, आवत–जावतमा अवरोध, सूचनामा रोक, प्रहरी अनुसन्धानमा सहयोग नपाइने, पीडित–समुदायको ठूलो अपेक्षा, स्रोत र साधनको अभाव आदि उनीहरूले नियमित रूपमा भोग्दै आएका समस्या हुन् ।
द्वन्द्वकालीन घटनाको अनुगमनदेखि जबरजस्ती बेपत्ता बनाइएका व्यक्तिका मुद्दा, बलात्कृत महिला, यातनाका पीडित वा राज्यका अति संवेदनशील केसमा काम गर्दा मानव अधिकार रक्षकहरू बढी जोखिममा पर्ने गरेका छन् । पछिल्लो जेनजी आन्दोलन पछि मानव अधिकार रक्षक अझ बढी असुरक्षित महसुस गरिएका छन् । बिभिन्न ज्ञान अज्ञात समुहबाट आउने धम्कीका घटनाका कारण कतिपय मानव अधिकार रक्षक सेल्फ सेन्सरसिपमा छन् । उनीहरु खुलेर घटनाका तथ्य र आफ्ना अभिब्यक्ति राख्न सकिरहेका छैनन । द्धन्द्धकालमा बरु सरकारी र बिद्रोही पक्ष भनी पहिँचान हुने र उनीहरुलाई जिम्मेवार बनाउन सहज थियो । तर आजको बदलिदो परिस्थितिमा पहिचान नखुलेका ब्यक्ति समुह का नाममाबाट चुनौती र धम्की आउने गर्नाले मानव अधिकार रक्षक आफुलाई द्धन्द्धकालमा भन्दी बढी असुरक्षित महसुस गर्नु पर्ने अवस्थमा पुगेका हुन ।

नेपाल सरकारले २०७७ माघ २ गते जारी गरेको “मानव अधिकार रक्षकको सुरक्षा तथा संरक्षणसम्बन्धी आदेश” यस क्षेत्रमा अग्रगमन गर्ने कदम हो । आदेशले स्थानीय तहमै मानव अधिकार रक्षकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने, जोखिम अवस्थामा तत्काल उद्धार र सुरक्षाको व्यवस्था गर्नुपर्ने, आवश्यक सूचना उपलब्ध गराउनुपर्ने र प्रशासनिक संयन्त्रले सहयोग गर्नुपर्ने व्यवस्था उल्लेख गरेको छ। तर आदेशको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ । राज्यका निकायबाट सो खालको अपेक्षित ब्यवहार पाईदैन । कतिपय अवस्थामा त उल्टै आन्दोलन गर्न उस्काउने, अपराधिलाई प्रोत्साहन दिने आक्षेप पनि लाग्ने गरेको छ ।

मानव अधिकार रक्षकका लागि आवश्यक गुणहरू—क्रियाशीलता, प्रतिबद्धता, व्यवसायिक सीप, कानुनी तथा मानव अधिकारसम्बन्धी ज्ञान, धैर्यता—यिनै हुन् जसले उनीहरूको कामलाई विश्वसनीय बनाउँछन्। सोसँगै आचारसंहिता पनि उत्तिकै महत्वपूर्ण छ ः पीडित र साक्षीको गोपनीयता र सुरक्षा, निष्पक्षता, पारदर्शिता, गैर–पूर्वाग्रह, र कानुनको कडाइका साथ पालना । ती गुण र आचरणले नै उनीहरूलाई संवेदनशील मुद्दामा विश्वसनीय बनाउँछ । मानव अधिकार रक्षक ब्यवशायिक र पेशागत मुल्य र मान्यतामा रहेर काम गर्नु पर्दछ । उनीहरु मानव अधिकार रक्षकका नाममा पेशागत मुल्य मान्यता बिपरित काम गरेमा उनीहरुको काममा जोखित बढ्ने र ब्यवशायिकतामा प्रश्न उठ्ने भएकाले सदै ब्यवशायिक मुल्य र मान्यतालाई आत्मसात गर्दै मानव अधिकारकर्मीको हैसियतमा निश्पक्ष र स्वतन्त्र भएर काम गर्नु पर्दछ ।

नेपालमा मानव अधिकार रक्षकको काम केन्द्र, सामुदायिक र स्थानीय स्तरसम्म फैलिएको छ । तर अर्कोतर्फ दण्डहीनताको बढ्दो संस्कृतिले उनीहरूका प्रयत्नलाई चुनौती दिइरहेको छ । धेरै मानव अधिकार रक्षक स्रोत–साधनको अभाव, तालिम र क्षमता विकासको कमजोर अवसर, कानुनी संरक्षणको न्यूनता, र एक व्यक्तिमाथि धेरै जिम्मेवारी थोपारिने अवस्थाबाट पीडित छन् । केही अवस्थामा संवैधानिक निकाय तथा सरकारी संयन्त्रसँग आवश्यक सहयोग नपाउँदा मानव अधिकार रक्षक स्वयं नै जोखिममा पर्नुपरेका उदाहरणहरू समेत छन्।

युएन घोषणापत्र अनुसार राज्यले मानव अधिकार रक्षकलाई आफ्नो कार्यस्वतन्त्रता, अभिव्यक्ति, सूचना प्राप्त गर्ने अधिकार, सार्वजनिक बहसमा सहभागी हुने अधिकार, शान्तिपूर्ण रूपमा आवतजावत र भेला हुने अधिकार, तथा स्रोत विकास गर्न सक्ने स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ। नेपालको संविधानले यिनै आधारभूत स्वतन्त्रताहरू ग्यारेन्टी गरे पनि व्यवहारिक व्यवस्थापन अझै कमजोर छ । नेपालले अन्तर्राष्ट्रिय महासन्धिहरू—जस्तै ICCPR, ICESCR, CEDAW, CAT आदि—को पूर्ण कार्यान्वयन गरे मात्र मानव अधिकार रक्षकको काम थप सुरक्षित र प्रभावकारी बन्न सक्छ ।

अन्ततः, मानव अधिकार रक्षक देशका लागि सुरक्षित वातावरण, उत्तरदायी शासन र न्याययुक्त समाज निर्माण गर्ने आधारस्तम्भ हुन् । उनीहरूले जोखिम बीच पनि पीडितका पक्षमा आवाज उठाउँदा लोकतन्त्र बलियो बन्छ, दण्डहीनता घट्छ र नागरिकको अधिकार सुरक्षित हुन्छ । त्यसैले राज्य, समाज र संस्थाहरूले मानव अधिकार रक्षकलाई सहयोग, सम्मान र सुरक्षा प्रदान गर्नु आजको आवश्यकता बनेको छ। युएन घोषणापत्रले दिएको मार्गदर्शन र नेपालको कानुनी संरचनालाई व्यवहारमा उतार्न सके मात्र मानव अधिकार रक्षकको योगदान देश निर्माणमा अझ प्रभावकारी हुनेछ।
लेखक मानव अधिकार रक्षक हुन ।

Previous Post

प्रयोगविहीन नगरबस व्यवस्थापनका लागि समिति

Next Post

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

Next Post
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version