आदर्श माविका विद्यार्थीहरूले सोमबार विद्यार्थीहरूको स्वागत उत्सव मनाएका छन् । कक्षा ११ का विद्यार्थीहरूलाई १२ का विद्यार्थीहरूले भव्य स्वागत उत्सव गरेका हुन् । आदर्श क्वालिटी सर्कलका अध्यक्ष प्रभात मिश्रको अध्यक्षतामा भएको स्वागत उत्सवका प्रमुख अतिथि नगर प्रमुख प्रशान्त विष्ट, विशिष्ट अतिथिमा राष्ट्रिय परीक्षा बोर्डका कोहलपुरका अधिकृत भगवानदास यादव, शिक्षा विकास तथा समन्वय इकाइका बाँकेका धनसुदन चौलागाई, सञ्चालक डा. राजकुमार सुवेदीले विद्यार्थीहरूलाई उत्प्रेरक मन्तव्य राखेका थिए ।
विद्यालयका प्राचार्य महेश्वर जोशीले स्वागत तथा कार्यक्रमको महत्वमाथि पारेको उत्सवमा विद्यार्थीहरूले दर्जनौं सांस्कृतिक प्रस्तुतिहरू राखेका थिए । विद्यालयका चिफ डायरेक्टर इश्वर पोखरेलले यसखालका आयोजनाले विद्यार्थीहरूमा उत्प्रेरणा मिल्ने बताए । कक्षा १२ का ५ सय ५३ विद्यार्थीले ११ का ६ सय २९ जनालाई स्वागत गरे भने १२ बाट विजय अधिकारी, विनिता चौधरी र ११ का भूमिका देवकोटा, सुप्रिया पुनले आफ्ना मन्तव्य राखेका थिए ।






























