नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व, मदन पुरस्कार विजेता कृति ‘एकहातले ताली’का सर्जक युवराज नयाँघरेसँग नेपालगन्जमा निबन्धबारे परिचर्चा गरिएको छ ।
महेन्द्र पुस्तकालयले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार नयाँघरेले नेपाली निबन्धको विकास क्रम र अहिलेको अवस्थाबारे धारणा व्यक्त गरेका थिए । त्यस्तै विभिन्न स्रष्टाहरूको जिज्ञासामा परिचर्चा पनि गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मीले नयाँघरेलाई स्वागतसँगै उनीहरूबारेका सम्झनाहरू व्यक्त गरे ।
पुस्तकालयका कार्यवाहक अध्यक्ष पंकज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रतिनिधिमूलक साहित्यिक व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रमलाई पुस्तकालयका सचिव सतिश निरौलाले सहजीकरण गरे ।
सोमबार नै वरिष्ठ साहित्यकार नयाँघरेलाई लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके र भेरी साहित्य समाज केन्द्रीय समितिले औपचारिक कार्यक्रम गरी स्वागत, सम्मान गरेको डा. हरि तिमिल्सिनाले जानकारी दिए ।





























