ब्राइटल्याण्ड स्कुलले शुक्रबार विज्ञान प्रदर्शनी आयोजना गरेको छ । नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरूले अध्ययनका क्रममा सिकेका विज्ञान सम्बन्धित विषयका विभिन्न सिर्जनशील उत्पादनहरूको प्रदर्शनी गरिएको हो । भव्य कार्यक्रम बीच विद्यालयका संस्थापक प्रिन्सिपल विजय कुमार लामाले प्रदर्शनीको उद्घाटन गरे । ‘बालबालिकाहरूले अध्ययनका क्रममा सिकेका विषयवस्तुमा आफ्नो सिर्जनशील प्रयोगमार्फत गरेका प्रस्तुतिहरू आफ्ना अभिभावक र अतिथिहरू माझ यसरी प्रर्दशन गरिएको हो’, प्रिन्सिपल लामाले भने ।
प्रिन्सिपल लामाले मानव जीवन समस्या समाधानका लागि विज्ञान एउटा सशक्त उपकरण भएको बताए । ‘विद्यार्थीको प्रयास, शिक्षकहरूको सुझाव र समाजको एउटा आवश्यकताका रूपमा यो प्रयास गरिएको छ’, उनले भने ।
विद्यालयका भाइस प्रिन्सिपल राजा तिमिल्सिनाले साइन्स एक्जिभिसन विद्यार्थीहरूले आफुसँग भएको रिसोर्सहरूलाई प्रयोग गरेर गर्ने, रोबोटिक्स र एआई अहिलेको टे«न्डहरू के के नयाँ डेभलपमेन्ट गर्न सक्छौं भनेर प्रदर्शनीको आयोजना गरिएको हो । ‘साइन्सको स्किल डेभलपमेन्ट लक्ष्य हो’, उनले भने ।
प्रदर्शनीमा मण्टेश्वरी विधिबाट स–साना बालबालिकालाई अध्ययन गराइने विधिबारे पनि जानकारी दिनुका साथै प्रस्तुति राखिएको थियो । त्यस्तै वैकल्पिक उर्जाद्वारा कस्तो खालको स्र्माट सिटी निर्माण गर्न सकिन्छ भन्ने प्रदर्शनी, रोबोटिक ज्ञानदेखि नेपाली जटिबुटीका बहुहितका प्रस्तुतिकरण पनि विद्यार्थीहरूले नै गरेका थिए ।
‘सबैभन्दा महत्वपूर्ण कुरा त विद्यार्थीहरूले आफैले तयार गरेको ड्रोनबाट कार्यक्रममा सहभागी अतिथि, अभिभावक, शिक्षकहरू सहितका सहभागीलाई पुष्प बर्षाले रोमाञ्चक बनायो’, प्रदर्शनी अवलोकन गरेपछि युवा उद्यमी बासु भण्डारीले भने, ‘बालबालिकालाई यसखालका कार्यक्रमले निकै सिर्जनशील र अध्ययनशील बनाउन योगदान
दिन्छ ।’
‘हरेक दुई दुई बर्षमा साइन्स एक्जिभिसन गर्दै आएका छौं’, भाइस प्रिन्सिपल तिमिल्सिनाले भने, ‘साइन्स एक्जिभिसनलाई कहिले फुड फेष्टिबल त कहिले आर्ट एण्ड क्राफ्ट सँग जोड्छौं ।’ उनले यसपटक मन्टेश्वररी विधासँग जोडेर आयोजना गरेको जानकारी दिए । ‘प्रदर्शनीमा प्रि स्कुल र मन्टेश्वरी विधा पनि यसपटक जोडेका हौं’, उनले भने ।
