नेपाल आज निर्णायक मोडमा उभिएको छ । सन् २०२५ को अन्त्यतिर आइपुग्दा देश गम्भीर समस्याले घेरिएको छ । यी समस्याले स्थायित्व र भविष्यको सम्भावनालाई कमजोर बनाएको छ । सेप्टेम्बर २०२५ का घटनाले यो अवस्था स्पष्ट बनायो । सामाजिक सञ्जालमा प्रतिबन्ध लागेपछि युवाहरू सडकमा उत्रिए । भ्रष्टाचार र आर्थिक अव्यवस्थाको विरोध भयो । जेनजी युवाले आन्दोलनको नेतृत्व गरे । आन्दोलन चर्किंदै गयो । त्यसपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजीनामा दिए । त्यसपछि सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भइन् । उनी नेपालकी पहिलो महिला प्रधानमन्त्री भइन् ।
यो परिवर्तन ऐतिहासिक थियो । तर प्रतीक मात्र पर्याप्त हुँदैन । आन्दोलनका क्रममा हिंसा पनि भयो । सरकारी भवन तोडफोड भए । केही मानिसको ज्यान गयो । धेरै घाइते भए । यी घटनाले गहिरो समस्या देखायो । राजनीतिक अस्थिरता देखियो । युवामा निराशा देखियो । राज्य र नागरिकबीच विश्वास घटेको देखियो । यी समस्या अचानक आएका होइनन् । यी समस्या लामो समयदेखि बढ्दै आएका थिए । अब केवल अस्थायी समाधानले काम गर्दैन । नेपाललाई गहिरो परिवर्तन चाहिएको छ । नेपाललाई आधुनिक पुनर्जागरण चाहिएको छ । सन् २००८ मा नेपाल गणतन्त्र बनेपछि पनि स्थिरता आएन । बारम्बार सरकार परिवर्तन भयो । कुनै पनि सरकारले पूरा कार्यकाल सकेन । गठबन्धन भत्किरहे । शक्ति संघर्ष बढिरह्यो । यसले राज्य संस्थालाई कमजोर बनायो । सुधारका काम रोकिए । अस्थिरता सामान्य जस्तै बन्यो । सेप्टेम्बरको आन्दोलनले अर्को कुरा पनि देखायो । जनतामा नातावादप्रति ठूलो आक्रोश थियो । नेताका छोराछोरी र आफन्तले विलासिताको जीवन बिताइरहेका देखिए । साधारण नागरिक भने संघर्षमै रहे । यही असमानताले आक्रोश बढायो । त्यसपछि सडकमा भिडन्त भयो । दर्जनौं मानिस मारिए । सयौं घाइते भए ।
आर्थिक रूपमा पनि नेपाल कमजोर छ । देश अझै पनि रेमिट्यान्समा निर्भर छ । यो वर्ष कुल गार्हस्थ उत्पादनको चौथाइभन्दा बढी रेमिट्यान्सबाट आयो । यो रकम इतिहासकै उच्च थियो । यसले धेरै घरपरिवार चले । तर यसले भित्री कमजोरी लुकायो । नेपालले श्रम निर्यात गरिरहेको छ । उत्पादन र नवप्रवर्तन कम छ । युवाहरूले देशमै काम पाउँदैनन् । युवा बेरोजगारी २० प्रतिशतभन्दा माथि छ । यो दक्षिण एसियामै उच्च दर हो । धेरै युवा विदेश जान बाध्य छन् । यसले देशबाट प्रतिभा बाहिरिन्छ । यसले भविष्य कमजोर बनाउँछ ।
शिक्षा प्रणालीले पनि साथ दिएको छैन । शिक्षा युवालाई सक्षम बनाउनुपर्छ । तर सार्वजनिक विद्यालय कमजोर छन् । भवन र साधन अभाव छ । शिक्षक आन्दोलन भइरहन्छ । पाठ्यक्रम पुरानो छ । निजी विद्यालय महँगो छन् । सबैले पढ्न सक्दैनन् । विश्वविद्यालयले सीप दिन सकेका छैनन् । विद्यार्थी पढेर पनि बेरोजगार छन् । सुधारका योजना बनाइन्छन् । कार्यान्वयन कमजोर हुन्छ । यसले युवामा निराशा बढाउँछ ।
सामाजिक असमानता अझै बलियो छ । संविधानले समानताको कुरा गर्छ । व्यवहारमा समानता छैन । महिलाले अझै कठिनाइ भोग्छन् । राजनीतिमा महिला कम छन् । रोजगारीमा अवसर कम छ । ग्रामीण क्षेत्रमा समस्या अझ बढी छ । हिंसाको जोखिम पनि बढी छ । जातीय र सीमान्तकृत समुदाय पछाडि छन् । निर्णय तहमा उनीहरूको आवाज कम छ । यसले राष्ट्रिय एकता कमजोर बनाउँछ । धेरै सम्भावना खेर जान्छ ।
यी सबै समस्या जोडिएका छन् । यी समस्याको समाधान सानो सुधारले हुँदैन । नेपाललाई आधारभूत परिवर्तन चाहिन्छ । नेपाललाई आधुनिक पुनर्जागरण चाहिन्छ । युरोपमा १४ औं देखि १७ औं शताब्दीमा पुनर्जागरण भयो । त्यसले ज्ञान पुनर्जीवित ग¥यो । मानव मूल्यलाई महत्व दियो । विज्ञान र कलामा प्रगति भयो । भारतमा बंगाल पुनर्जागरण भयो । त्यसले परम्परा र सुधारलाई जोड्यो । समाजमा नयाँ चेतना आयो । नेपाललाई पनि यस्तै पुनर्जागरण चाहिन्छ । तर यो नेपालको सन्दर्भअनुसार हुनुपर्छ ।
नेपाली पुनर्जागरणको केन्द्र मानववाद हुनुपर्छ । यसले व्यक्तिको सम्मान गर्छ । यसले तर्क र सोचलाई महत्व दिन्छ यसले नागरिकलाई सचेत बनाउँछ । सचेत नागरिकले भ्रष्टाचारको विरोध गर्छ । सचेत नागरिकले नेताबाट जवाफ माग्छ । शासन प्रणाली बलियो हुनुपर्छ । व्यक्ति होइन संस्था बलियो हुनुपर्छ । नियम सबैका लागि बराबर हुनुपर्छ । पारदर्शिता आवश्यक छ । भ्रष्टाचार नियन्त्रणका संयन्त्र बलिया
हुनुपर्छ ।
संस्कृतिको भूमिका पनि ठूलो छ । नेपालमा समृद्ध सांस्कृतिक सम्पदा छ । पर्व, कला, संगीत र परम्परा जीवित छन् । पुनर्जागरणले यसलाई नयाँ सोचसँग जोड्नु पर्छ । कलाकार र लेखकले आजका विषय उठाउनुपर्छ । असमानता, बसाइँसराइ र वातावरण जस्ता विषय महत्त्वपूर्ण छन् । आफ्नै इतिहासबाट प्रेरणा लिनुपर्छ । यसले आत्मविश्वास बढाउँछ । युवाले विदेश मात्र भविष्य नदेखून् ।
शिक्षा सुधार सबैभन्दा महत्वपूर्ण छ । शिक्षा समावेशी हुनुपर्छ । सीपमा आधारित हुनुपर्छ । डिजिटल ज्ञान आवश्यक छ । प्राविधिक र व्यावसायिक तालिम चाहिन्छ । विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छ । केवल प्रमाणपत्र दिने ठाउँ हुनु हुँदैन । बजारसँग शिक्षा जोडिनु पर्छ । यसले बेरोजगारी
घटाउँछ । युवालाई देशमै बस्ने कारण दिन्छ ।
विज्ञान र प्रविधिले अर्थतन्त्र बदल्न सक्छ । जलविद्युतमा ठूलो सम्भावना छ । पर्यटन पनि सम्भावनायुक्त छ । कृषि सुधार आवश्यक छ । जडीबुटी र वातावरणमैत्री प्रविधि उपयोगी छन् । यी क्षेत्रले रोजगारी दिन सक्छन् । रेमिट्यान्सको निर्भरता घटाउन सक्छन् । महिला र युवालाई यसमा सहभागी गराउनुपर्छ । सीमान्तकृत समुदायलाई पनि अवसर दिनुपर्छ ।
जेनजी आन्दोलन चेतावनी मात्र थिएनन् । ती माग थिए । युवाले सम्मान चाहेका छन् । अवसर चाहेका छन् । सुन्ने सरकार चाहेका छन् । २१ फागुनको चुनाव नजिकिँदै छ । यो अवसर हो । नयाँ दिशा रोज्ने समय हो । आधुनिक पुनर्जागरणले नेपाललाई अघि बढाउन सक्छ । मानव मूल्य, उत्तरदायी शासन र सांस्कृतिक आत्मविश्वास आवश्यक छ । यसबिना निराशा बढ्छ । यससँगै नेपाल समावेशी र समृद्ध बन्न सक्छ । २१ औं शताब्दीमा नेपाल नयाँ पहिचान बनाउन सक्छ ।































