शीतलहर सुरु भएपछि नेपालगन्जमा चिसो बढेको छ । एकसातादेखि शीतलहर चल्न थालेकाले चिसो अत्यधिक बढेको हो ।
चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् । शीतलहर चलेर चिसो बढ्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले आगो ताप्नका लागि दाउरा वितरण गरेको छ ।
चिसोका कारण बालबालिका प्रभावित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले आगामी पुस १४ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बाँक्लो कुहिरो र हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट हुने उडान र अवतरण समेत प्रभावित भएको छ ।
चिसो बढेसँगै न्यानो कपडाको बिक्री बढेको स्थानीय व्यवसायी बताउँछन् ।
