For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपाललाई एउटा राजनेता चाहिएको छ

byDainik Nepalgunj
December 26, 2025
in विचार
0 0
0
नेपाललाई एउटा राजनेता चाहिएको छ
Share on FacebookShare on Twitter

संसारका जुनसुकै देशको अस्तित्व रक्षाको लागि त्यो देशमा, आफ्नो देश चिनेको, देशको कुलधर्म बुझेको, देशको साँस्कृतिक बिरासतलाई अक्षुण राख्न सक्ने, देशबासीमा आशा जगाउन सक्ने हिम्मत र आँट भएको नेता चाहिन्छ । नेपाल जस्तो भूराजनीति र भूआर्थिक अवस्था भएको देशमा त झन राजनेता बिनाको देश बन्न त परै जाओस् बच्न पनि गाह्रो छ । यो कुरा त राजा महेन्द्रको पालामा देखिइसकेको छ । यदि राजा महेन्द्र सुकुलका राजा मात्रै भएको भए र उनमा राजनेताको खुबी नभएको भए आज नेपाल भन्ने देश रहने थिएन । हिजोका दिनमा देश राजाहरूले नै बनाए । देशको अस्त्वि र अस्मिता राजाहरूले नै बचाए । किन कि उनीहरूमा देशप्रति सच्चा इमान थियो । देश भन्दा राजगद्दी र दरबार प्यारो थिएन । अरूका भाउँतामा राजाहरू त्यत्तिकै अल्झेर देश बुझ्न अरूको मात्रै भर पर्दैनथे । देशको लागि सर्वोच्व त्याग्ने राजाहरू थिए । देशको मुख्य अभिभावकमा भएको नैतिकताका कारण जनतामा नैतिक पतन हुनसक्ने सम्भावना कम थियो । त्यो बेलाका समकालिन नेताहरूमा पनि कमोबेस यस्तै नैतिकता थियो । अभिभावकको डर थियो । गलत गर्दा दण्ड सजायँको त्रास थियो । नैतिकहिनतालाई सकेसम्म समाजमा स्थान थिएन । यसैले देशको इज्जत पनि राष्ट्रिय अन्र्तराष्ट्रिय रूपमा नै उच्च थियो ।

देशको स्थायी अभिभावक हुँदा देशमा शासन गर्ने नेता कस्तो हुन्छ र कति समयका लागि हुन्छ भन्ने कुराले खासै असर गर्दैैनथ्यो । देशको परराष्ट्रनीति, आर्थिक नीति देखि आवश्यक नीतिहरूमा शासक परिवर्तन पिच्छे भिन्नता आउने कुरै थिएन । प्रधानमन्त्री मन्त्रीहरूको हेरफेरले देशमा कुनैपनि किसिमको राजनैतिक तरलता आउने सम्भावना पनि थिएन ।

आज देशमा स्थायी अभिभावक छैन । देशको मुल कुल धर्म सँस्कृतिलाई बुझेको र यसलाई अक्षुण राख्ने नेता छैन । देश सर्वोपरि, नीति र नैतिकता सर्वोपरि भनेर काम गर्ने नेता छैन । देशको शासन दलहरूको दलदलभित्र रहेका गुट उपगुट र त्यो गुटको च्याँखेदाउबाट उम्रेका नेताले गरिरहेको छ । देशको लागि दीर्घकालिन नीति नियम, उच्च आचरण, नैतिकता भन्दा पनि जुनसुकै कर्म कुकर्म गरेर सस्तो पपुलरिज्म कमाउनेहरूले देशको बागडोर समाल्ने प्रतिष्पर्धा छ । सत्ता र शक्तिको लागि आफ्नै जनता देखि सहकर्मी समेत मराउने, परिवारवादमा रमाउने, सम्पत्तिको लागि आफ्नो इमान कूल धर्म बेच्न कत्तिपनि लाज नमान्ने नेताहरूले आज नेपाल ज्वजलाएमान भएको अवस्था छ ।

हेर्दा त दलहरू भिन्न भिन्न छन् । नाम झण्डा पनि भिन्न भिन्न देखिन्छन् । तर सबैको नैतिकता उस्तै छ । नीति उस्तै छ । देशभन्दा माथि दल, दल भन्दा माथि गुट र गुटको नेता सबैको उस्तै छ । एउटा गुटको नेता भएपनि च्याँखे थाप्ने र सत्ताको मझेरीमा राइँफाँइ गर्न पुग्ने चरित्र उस्तै छ । उहि १२ बुँदेको बुइ चढेर बुर्कुसी मार्ने लर्को छ ।

देशलाई आफ्नो च्याँखेदाउको मैदान बनाउनैका लागि सबैले अर्काको भूमिमा बसेर १२ बुँदे गरेर एउटै कित्तामा उभिएका थिए । देशलाई कित्ता कित्तामा बाँडेर वडा देखि केन्द्रसम्म, विद्यालय व्यवस्थापन समिति देखि संवैधानिक नियुक्तिसम्म, प्रतिक्षालय, विश्वविद्यालय देखि न्यायलय र राजदूतसम्म भागबण्डा र कित्ताकाटको दलदलमा आज देश छ । ‘मलाई छैन त तँलाई पनि हुन्न दिन्न’ भन्ने प्रवृतिले सबै ओतप्रोत भएका दलहरू छन् ।

देशले स्थितिगत्यात्मक परिवर्तन खोजेको थियो । तर यस्तो गतार्थ परिवर्तन पक्कै खोजेको थिएन । देशमा राज्यविहिनताको राज्य र यस्तै रहे कालान्तरमा राज्यविहिन जनता हुने खालको परिवर्तन पक्कै खोजेको थिएन ।

देशमा सहि अभिभावक हुँदा नै यो देशमा सन्त नेताहरू जन्मेका हुन । देशलाई सर्वोपरि राख्ने राजनेता पनि जन्मे । तर लावारिस बनेको समाज र देशमा आज एउटा पनि राजनेता बन्ने कोहि देखिएको छैन ।

समयले गिरिजालाई राजनेता बन्ने मौका नदिएको होइन तर उनी चुके । मदन भण्डारी बाँच्नै पाएनन् । शेर बहादुरबाट राजनेताको अपेक्षा शायद काँग्रेसजनले पनि गरेनन् होला । ओली जतिसुकै छुद्रो भएपनि एक समय उनको उँचाइ बढेको थियो र राजनेता बन्छन् कि भन्ने कुरा चल्थ्यो तर उनको स्कूलिङ र विगतले उनलाई च्याप्यो र उनमा अहंकार मात्रै भरियो । प्रचण्ड एउटा अर्कै पृष्ठभूमिबाट आएका नेता थिए । उनको उठान नै देशको मुलकुल धर्म सँस्कृति सापेक्ष थिएन यसैले उनी सडकभित्ते राष्ट्रपति त भए तर राजनेता बन्ने चरित्र उनमा कहिल्यै आउन सकेन ।

विगतमा पार्टीहरू द्धारा जनतालाई शिक्षित र प्रशिक्षित गर्ने नेपाल सापेक्ष शिक्षा भएन । आफ्नोलाई दुत्कारेर अरूको नै राम्रो भन्ने शिक्षाले देशप्रति माया भन्दा पनि घृणा बढ्दै गयो । देश कसरी बनेको थियो ? कसरी चलेको थियो ? देशको छवि कस्तो थियो ? देशको मूल कुल धर्मको आधार के थियो ? देशको इतिहास कति गौरान्वित थियो ? भन्ने कुराको शिक्षाबाट च्यूत गरेर एउटा पुस्तालाई नै देशभन्दा बाहिरको सबथोक राम्रो भन्ने भाष्यमा शिक्षित प्रशिक्षित गरियो । देशको माटो गन्हाउने, यहाँको कुलधर्म सँस्कृति गन्हाउने पुस्ताले देश चलाउने भनेको त अहिले भएको जस्तो त हो नि !

बडामहाराजधिराज पृथ्बीनारायाण शाहले दिब्योपदेशमा भन्नु भएको थियो, देशलाई पराई बैरीबाट जोगाउनू, विदेशीलाई देशमा सीमा तोकेर आउन दिनू र काम सकेर फिर्ता पठाउनू, तर हाम्रा वर्तमान दलीय शासकहरूले विदेशीलाई देशभित्र छताछुल्ल हुनेगरि हरेक घरआँगन देखि वालुवाटारसम्मै नाङ्गो नाच गर्ने छूट दिए । ओछ्यानमा विदेशी पुग्ने बाटो खोलिदिए । युवालाई विदेशी राजदूतावासको योजनामा आफ्नै देश विरुद्ध जाइलाग्ने तालिममा सहभागी हुने छूट दिए । देश बनाउने भन्दा पनि कसरी जलाउने भन्ने प्रशिक्षण दिए । हरेक भाषणमा गरीब, किसान, मजदूर भन्दै तिनैको जरो काट्दै झनझन गरीब बनाउने र त्यसैलाई भजाएर सत्ताको मैजारो सजाउने योजनामा लागि रहे ।
हत्याहिंसा र यौनलाई सर्वोपरि राखेर यसैको रापतापमा रमाउन सिकाए । देश कसरी बन्छ भन्दा पनि ‘म कसरी पार्टीको मुखिया बन्छु र कसरी सत्ताको डाडु पन्यू समाउनेमा पुग्छु’ ? भन्ने चिन्तनले ग्रस्त नेता बनाएर देशलाई बुझ्ने नेता जन्माउनै छोडियो ।
आज समकालिन नेताहरू ओली, देउवा, प्रचण्ड, माधव, सिके, युवा भनिएका गगन देखि पपुरिज्म भएका बालेन, रविसम्म आइपुग्दा देशप्रति चिन्तन कसैको देखिन्न । देशलाई अझ कसरी तन्नम बनाउने र देशको सम्पत्ति सम्पदाहरू विदेशीलाई कुन जुक्तिले जिम्मा लगाउने भन्ने चिन्तन भरिएकाहरूको आजपनि नेपाली राजनीतिमा बोलबाला नै छ । पद पार्टी र सत्ताभन्दा ठूलो देश यी कसैमा देखिन्न । राजनेता बन्ने वा बनाउने गुण यी कसैमा देखिन्न ।
लोकलाज सम्म पनि नभएको नेता कहिल्यै राजनेता बन्नै सक्दैन । देश नबुझेको र देशको मुल कुल धर्मले ओतप्रोत नभएको मान्छेसँग राष्ट्रप्रतिको जिम्मेवारी बोध र नैतिकताको आशा गर्न सकिन्न । आज सत्ता बाहिर रहेर पनि देशको राजनेता बन्ने ल्याकत भएका नेता नभएका त होइनन् । छन् । तर उनीहरूमा पनि कतै न कतै देशमा विगत तीन दशक देखि चलेको सत्ताको अनैतिक सम्बन्धमा सत्ताभोग गर्ने चरित्रको छायाँ पक्कै परेको छ । उनीहरू पनि आफ्नो सम्भावित पदको मोह, सत्ताको मोहबाट बाहिर निस्किन सकिरहेका छैनन् । पुराना दलभित्र राम्रै हैसियत राख्ने र राजनैतिक विरासत बोकेका नेताहरू समेत यो देशको राजनेता बन्ने हिम्मत गरिरहेका छैनन् । आँट गर्न उनीहरूलाई के ले रोकेको छ ?
देश अब यस्तै पाराले चलिरहन त सक्दैन । देशले स्थायी अभिभावकीय संस्था त राख्नैपर्छ । देशले कुनै न कुनै राजनेता जन्माउनैपर्छ होइन भने देशको अस्तित्व किनारामा पुग्ने त निश्चित नै छ । यथास्थितिमा अब देश रहन सक्दैन । आज देशका पुराना राजनीतिक दलहरू भित्र भयङ्कर तुष भरिएर बेलुन बनिसकेको छ । यसका नेताहरूको हातबाट लगाम छूटिसकेको छ । यिनीहरूलाई परिचालन गर्ने शक्ति बाहिर भएपछि महाधिवेशन गरेर, केहि केहि अनुहार फेरेर मात्रै अब कुनै बिष्फोट रोकिनेवाला पनि छैन । समयले मागेको ‘टालाटुलि बटुली कति राम्री पुतली’ भनेझैं विदेशीको अत्तर छर्केर गन्हाएर बसेकाहरूको चौपालमा १२ बुँदेको बुइ चढेर यसैको रङमा भाङ घोलेर पिउने नेता होइन । यी जोसुकै भएपनि यहाँ कुनै चमत्कार हुनेवाला छैन । नेपाली जनतामा धैर्यता छैन भनौं भने बिगत दशकौं देखि सहरे पर्खेर बसेका छन् छ भनौं भने उर्लिएको भेलमा मात्रै रेल देख्ने गरेका छन । राज्य जादुले चल्दैन । सुशासन गफले आउँदैन । भोट बेचेर सुशासन माग्ने बानी जनताले पनि त्याग्नैपर्छ । राजनेता बन्ने बाटोमा कोहि नेताको चरित्र फेरिएमा भने केहि होला । पार्टी त रहे नरहे पनि देशलाई केहि फरक पर्नेवाला छैन तर देश नै रहेन भने त्यो पार्टी, गुट अनि त्यो गुटको नेता र सत्ताको मैजारोको कुनै अर्थ हुने छैन । देशले त्यस्तो मैजारो लगाउने खाप्चो खोजेको होइन, देशलाई चाहिएको एउटा राजनेता हो ।

Previous Post

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

Next Post

नेपालगन्जमा वाणिज्य बैंक कर्मचारी संघको केन्द्रीय महाधिवेशन सुरु

Next Post
नेपालगन्जमा वाणिज्य बैंक कर्मचारी संघको केन्द्रीय महाधिवेशन सुरु

नेपालगन्जमा वाणिज्य बैंक कर्मचारी संघको केन्द्रीय महाधिवेशन सुरु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
महालेखा परीक्षकको प्रतिवेदन : सेवाग्राहीको सास्ती हटेन

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

April 13, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भारतबाट ल्याइएको अवैध माछा बरामद

April 13, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषध सहित एक पक्राउ

April 12, 2026
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version