‘मनि लाउण्ड्ररिङ्ग’ मा नेता इरफान पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पत्ति शुद्धिकरण (मनि लाउण्ड्ररिङ्ग)को अनुसन्धानका लागि बाँके डुडुवा गाउँपालिका वडा नं. ६ का इरफान अहमद शेषलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन् ।

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष शेष पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा बुलडोजर चुनाव चिन्ह् लिएर मैदानमा उत्रिएपछि आफुलाई ‘बुलडोजर बाबा’ का रूपमा ‘ब्रान्डिङ्ग’ गर्दै आएका थिए । उनी आगामी निर्वाचनका लागि पनि तयारी मात्रै गरिरहेका थिएनन् आफ्नो नेतृत्वमा दल नै दर्ता गरेर संगठन बिस्तारमा सक्रिय थिए । अटो व्यवस्थापनमा लागेको स्थानीय सरकारलाई अवरोध गर्नेमा उनकै नेतृत्व अग्रसर थियो ।

राष्ट्र बैंकको सूचनाका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले शेष र कोहलपुर वडा नं. १४ का विष्णु खटिकलाई अनुसन्धान गरिरहेको छ ।

Exit mobile version