नेपालगन्जमा उर्दू भाषा, साहित्यको विकासका लागि नयाँ संगठन दर्ता भएको छ ।
प्रख्यात शायर आदिल सरवरको अध्यक्षतामा नौ सदस्यीय ‘बज्म–ए–उर्दू नेपाल’ संगठन दर्ता भएको हो ।
संगठनमा जहाँगिर मुसलमान उपाध्यक्ष छन् भने अतहर हुसेन फारुकी सचिव, मेराज अहमद हलवाई सहसचिव र मसरुर फात्मा कोषाध्यक्ष छन् । सदस्यमा बदरुद्दिन अन्सारी, मो. इस्माइल अन्सारी, हरिप्रसाद तिमिल्सिना र मो. रहिस हलवाई छन् । संस्थाले दर्ता भए लगत्तै ’सहर–ए–सुखन’ (अर्थ साहित्यिक बिहानी) को नामबाट भव्य मुशायरा समारोह आयोजना गरेको सदस्य समेत रहेका पूर्व प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सिनाले जानकारी दिए । कपिलवस्तुका सायर सहर महमूदको सम्मानमा आयोजना भएको हो ।
