पारिवारिक वातावरणमा ‘न्यू इयर इभेन्ट’ गर्दै होटल कल्पतरु

नेपालगन्जमा रहेको चार तारे होटल कल्पतरुले अंग्रेजी नयाँ बर्ष सन् २०२६ को स्वागतमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी अंग्रेजी नयाँ बर्षको स्वागतका लागि पूर्वसन्ध्यामा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

‘पुस १६ गते बेलुका ८ बजेदेखि राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुनेछ’, जनरल म्यानेजर पन्थीले भने, ‘पारिवारिक वातावरणमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।’ उनले नेपाली तथा भारतीय नागरिकलाई परिवारसहित नयाँ बर्ष मनाउनका लागि इभेन्टको आयोजना गरेको जानकारी दिए ।

‘मौसम चिसो रहेकाले सात सय क्षमताको इन्डोर हलमा राष्ट्रिय कलाकारबाट कन्र्सटको आयोजना गर्दैछौं, त्यस बाहेक विभिन्न अन्य कार्यक्रम पनि निर्धारण गरिएको छ’, पन्थीले भने ।

पन्थीका अनुसार चर्चित गायिक अस्मिता अधिकारी, चर्चित गायक महेश काफ्ले र चर्चित मोडेल सञ्चिता बुलाखे कार्यक्रममा आउँदैछन् । सिंगल (एक जना) लाई १ हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रूपैयाँ तथा आठ बर्ष माथिका बालबालिकालाई १ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको जनरल म्यानेजर पन्थीले बताए । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स लगायत खाने कुराको प्रबन्ध गरिएको होटलले जनाएको छ ।

पत्रकार सम्मेलनमा होटलका एचआर म्यानेजर शिवानी गुप्ता, रुम डिभिजन म्यानेजर सनम शाही, फुड एण्ड बेभेरेज म्यानेजर सुरेश नेपाली, हाउन किपिंग म्यानेजर गणेश थापा, पर्चेज एण्ड एकाउण्ट म्यानेजर अजय साहु र सेफ्टी इन्जिनियर विनोद चौधरी पनि उपस्थित थिए । उनीहरूले आआफ्नो जिम्मेवारी रहेको विभागबारे जानकारी समेत गराएका थिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए ।

Exit mobile version