पटकपटक विभाजन र एकताको अभ्यास गर्दै आएका मधेश केन्द्रित राजनीतिक दलहरूको फेरि एकिकरण अभियान सुरु भएको छ । त्यसक्रममा जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच एकीकरणको निर्णय भएको छ ।
आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्तिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एकीकरण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । ‘वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन एवं विश्लेषण गरेर एकता गरिएको’ उनीहरूको निर्णयमा उल्लेख छ ।
उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संघीयता, पहिचान र समानुपातिक समावेशिता लगायतका मुद्दाहरूलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुराको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।































