हुने भो, ‘कर्णाली ट्राभल मार्ट’

कर्णाली प्रदेशको पर्यटकीय सम्भावनाको खोजी, उजागर र व्यवसायिक विकासका लागि ‘कर्णाली ट्राभल मार्ट’ गरिने भएको छ । त्यसका लागि उद्योग, वाणिज्य संघ कर्णाली प्रदेशले नाट्टा सुर्खेतसँगको सहकार्यमा पहल थालेको हो ।

‘प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कंडेलसँग त्यसका लागि आवश्यक छलफल र परामर्श गरिएको छ’, पर्यटन व्यवसायी समेत रहेका कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाहीले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई थप निर्णायक बनाउन मंगलबार कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री सुरेश अधिकारीसँग छलफल गरिंदैछ ।’

मुख्यमन्त्री कंडेलको छलफलमा सहभागी नाट्टा नेपालगन्जका संस्थापक श्रीराम सिग्देलले ‘गेटवे टु कर्णाली’ भनेर नेपालगन्जमा पर्यटकीय गतिविधि गरिरहँदा कर्णाली आफैले यसको नेतृत्व र पहलकदमी लिनु आवश्यक रहेको बताए ।

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टका दुई संस्करण सफलतापूर्वक आयोजना गरेका सिग्देलले कर्णाली ट्राभल मार्टका लागि नेपाल पर्यटन बोर्ड तयार रहेको जानकारी दिंदै भने, ‘प्रदेश सरकारले साझेदारी गरेर कर्णालीको पर्यटकीय सम्भावनालाई विश्वभरी प्रचारप्रसार र व्यवसायीकरण गर्न आवश्यक छ ।’

Exit mobile version