सांगीतिक कार्यक्रम गर्दै सिद्धार्थ

नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूले सधैंझैँ यसपटक पनि नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्ने तयारी पूरा गरेको जनाएको छ । नयाँ वर्षको अवसरमा आयोजना गरिने विशेष कार्यक्रमअन्तर्गत प्रसिद्ध नेपाली लोकगायक प्रकाश सपुतको लाइभ सांगीतिक प्रस्तुति रहनेछ भने डिजे झापाली तथा त्रिजा प्रधानको टिमको समेत आकर्षक प्रस्तुति रहने होटलले जानकारी दिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने कार्यक्रममा पूर्ण रूपमा पारिवारिक वातावरण सिर्जना गरिनुका साथै खानपिनको सम्पूर्ण व्यवस्था गरिएको होटल सिद्धार्थ भ्यूले जनाएको छ । होटलका महाप्रबन्धक (जीएम) बद्री कोइरालाका अनुसार हरेक वर्षझैँ यसपटक पनि मौलिक नेपाली खानाका परिकारसँगै लाइभ फुड स्टलहरू राखिएको छ ।

सुरक्षाका दृष्टिले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा उच्च सतर्कता अपनाइएको र होटलको तर्फबाट २०–२५ जना निजी सुरक्षागार्ड समेत खटाइएको कोइरालाले बताए । उनका अनुसार कार्यक्रममा सहभागी हुने पाहुनाहरूले आफ्नो परिवार, साथीभाइ, दिदीबहिनीसँग सुरक्षित र रमाइलो वातावरणमा नयाँ वर्ष मनाउन सक्ने व्यवस्था गरिएको छ ।

होटलले यस वर्ष पनि परिवारमैत्री तथा किफायती मूल्यमा टिकटको व्यवस्था गरेको बताउँदै पारिवारिक उत्सवलाई प्राथमिकतामा राखिएको जनाएको छ। कार्यक्रम साँझ ६ बजेदेखि सुरु भई वातावरणमैत्री (इको–फ्रेन्ड्ली) तरिकाले राति १२ बजे नयाँ वर्ष २०२६ को स्वागत गर्दै समापन हुने जानकारी दिइएको छ ।

Exit mobile version