For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बुद्ध भगवानको जन्मबिन्टदुकोे मौन साक्षीः ‘जन्मस्मारक शिला’

byDainik Nepalgunj
January 11, 2026
in News, मुख्य समाचार
0 0
0
बुद्ध भगवानको जन्मबिन्टदुकोे मौन साक्षीः ‘जन्मस्मारक शिला’
Share on FacebookShare on Twitter

मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’लाई केही वर्षअघि संसारसामु सार्वजनिक भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै प्राज्ञिक बहसमा सदाका लागि ‘पूर्णविराम’ लाग्यो । आज त्यही ढुङ्गा शाक्यमुनि बुद्धको जन्मको निर्विवाद ऐतिहासिक साक्ष्यको रुपमा पुजित छ ।

सन् १९९२ देखि १९९५ सम्म लुम्बिनी विकास कोष, नेपाल सरकार र जापान बुद्धिस्ट फेडरेसनले संयुक्त रूपमा मायादेवी मन्दिरको जगसम्म पुगेर उत्खनन गर्दा मन्दिरको भग्नावशेषभित्र, १५ तहका इँटाको सुरक्षात्मक घेरा (चेम्बर)भित्र त्यो प्राचीन ढुङ्गा विशेष रूपले सजाइएको अवस्थामा फेला परेको थियो । लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले भन्नुभयो, “यो ढुङ्गा ठ्याक्कै त्यही स्थानमा भेटिएको थियो, जसको मुनि इसापूर्व छैठौँ शताब्दीको काठको प्राचीन मन्दिरको अवशेष भेटिएको थियो ।” यसले बुद्धको समयदेखि नै यो स्थानलाई ‘पवित्र’ मानी पूजा गरिँदै आएको तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गरिदिएको उहाँले बताउनुभयो ।

उप्रेतीका अनुसार, “अशोक स्तम्भको शिलालेखमा उल्लेखित ‘सिलाविगडाबीच’ शब्दले पनि यसै ‘जन्मस्मारक शिला’ लाई सङ्केत गर्दछ ।” सत्तरी सेन्टिमिटर लम्बाइ र ४० सेन्टिमिटर चौडाइ भएको ‘जन्मस्मारक शिला’ लुम्बिनीकै माटोमा पाइएको स्थानीयको दाबी छ । लुम्बिनी र बुद्ध धर्मका अध्येता भोला गुप्ताका अनुसार तत्कालीन लुम्बिनीका बासिन्दाले त्यो ढङ्गा नजिकैको तेलार नदीबाट ल्याएर बुद्ध जन्मेको ठ्याक्कै विन्दुमा चिनोस्वरुप राखेर पूजापाठ गर्दै आएको र ईसापूर्व २४९ मा सम्राट अशोकले लुम्बिनी भ्रमणका बेला देखेर त्यो ढुङ्गालाई सोही ठाउँमा विधिवत् स्थापना गरी पूजापाठ गर्नुभएको थियो ।

“बुद्ध जन्मस्मारक शिला केबल एउटा ढुङ्गाको टुक्रा मात्र नभइ लुम्बिनीको अस्तित्वको आधार पनि हो” लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले भन्नुभयो,“इसापूर्ब छैठाँै सताब्दीमा मायादेवी मन्दिरभित्र बुद्धको जन्मस्थानमा स्थापित यो ऐतिहासिक बुद्ध जन्मस्मारक शिला नभेटिएको भए विश्वले अझै पनि बुद्धको जन्मविन्दु खोजिरहनुपर्ने अवस्था हुन्थ्यो ।” यो बुद्ध जन्मस्मारक शिलाको अध्ययन र उत्खननले प्राचीन ग्रन्थहरूको व्याख्यालाई बलियो आधार दिएको उहाँको भनाइ छ ।

जन्मस्मारक शिलामुनिको माटो परीक्षण गर्दा त्यहाँ कुनै पनि मानवीय गतिविधिको अवशेष नभेटिएको हुँदा यसले प्राचीन ग्रन्थ ‘ललितविस्तर’ मा उल्लेख भए झैँ लुम्बिनी एक शान्त, स्वच्छ तथा रमणीय ‘वाटिका’ नै थियो भन्ने कुरालाई वैज्ञानिक रूपमा पुष्टि गरेको छ । लुम्बिनीको पुरातात्विक उत्खननमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले आफ्नो लेख ‘द मार्कर स्टोनः द एक्ज्याक्ट बर्थप्लेस अफ लार्ड बुद्ध’ र ‘सबैभन्दा पुरानो बौद्ध तीर्थस्थलः बुद्धको जन्मस्थल लुम्बिनीको उत्खनन (२०१३)’ मा यो ‘जन्मस्मारक शिला’ सम्राट अशोक लुम्बिनीको तीर्थाटनमा हुनुभन्दा अघिदेखि नै सोही स्थानमा रहेको दाबी गर्नुभएको छ ।

दुर्हम विश्वविद्यालयका प्रा राबिन कनिङघमले ‘द आर्किओलोजी अफ साउथ एसियाः फ्राम द इन्डुस टु अशोका’ लगायतका शोधपत्रमा मार्कर स्टोनमुनि भेटिएका काष्ठ संरचनाका अवशेषहरूको अध्ययनका आधारमा ईसापूर्व छैठौँ शताब्दीभन्दा अघि नै त्यहाँ धार्मिक संरचना रहेको दाबी गर्दै यसलाई विश्वकै सबैभन्दा पुरानो बौद्ध स्मारकका रूपमा व्याख्या गर्नु भएको छ । उहाँका अनुसार, उत्खननका क्रममा भेटिएका लुम्बिनीका भग्नावशेषले सम्राट अशोक आउनुभन्दा धेरै पहिलेदेखि नै यो स्थान एउटा महत्वपूर्ण धार्मिक केन्द्र रहेको प्रमाणित गर्दछन् । चिनियाँ तीर्थयात्री फा–हियान (सन् ४०३) र ह्वेन साङ (सन् ६३६) ले पनि आफ्नो यात्रा संस्मरणमा बुद्ध जन्मस्थलको विशेष चिह्न ‘जन्म स्मारकशिला’ बारे स्पष्ट उल्लेख गर्नुभएको छ ।

स्थानीय बासिन्दाका लागि यो शिला उहाँहरूको पुख्र्यौली विश्वासको एउटा जीवन्त दस्ताबेज हो । मायादेवी मन्दिरका पुस्तैनी पुजारी स्व गङ्गाप्रसाद पाण्डेका छोरा एवं बौद्ध भिक्षु विवेकानन्दले भन्नुभयो, “हाम्रा पूर्खाले यहाँ केही पवित्र चिज छ भन्नुहुन्थ्यो, उत्खननका बेला जब त्यो शिला देखियो, तब हामीलाई कति पुण्य भूमिमा रहेका छौँ भन्ने महसुस भयो ।” उहाँका अनुसार यो शिला केवल अनुसन्धानको विषय नभइ विश्वभरका बौद्धमार्गीको आस्थाको जीवन्त दस्तावेज हो ।अहिले यो अमूल्य शिलालाई मायादेवी मन्दिरभित्र विशेष ‘बुलेटप्रुफ’ सिसाको बाकसमा सुरक्षित राखिएको छ । मन्दिरभित्रको आद्र्रता (ह्युमिडिटी) तथा हानिकारक ग्यासले शिलालाई क्षति नपुगोस् भनेर २४ सै घण्टा प्राविधिकहरुबाट निगरानी गरिन्छ । पुरातत्व विभागका अनुसार यसको सुरक्षा नेपालको मात्र नभइ सम्पूर्ण मानव सभ्यता र विश्व सम्पदाको संरक्षणका लागि एउटा ठूलो जिम्मेवारी हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यकारी प्रमुख कल्पना हरिजनका अनुसार यो स्थानीयका लागि गौरवको सम्पदा हो । नगर प्रमुख कल्पनाले भन्नुभयो, “ऐतिहासिक रूपमा, तत्कालीन लुम्बिनीवासीले बुद्धको जन्म विन्दुलाई सधैँका लागि पहिचानमा राख्न नजिकैको तेलार नदीबाट त्यो बलौटे ढुङ्गा ल्याएर चिनोका रूपमा राखेका थिए । जसलाई सम्राट अशोकले संरक्षण प्रदान गर्नुभयो ।”

बुद्ध जन्मस्मारक शिला बौद्धमार्गीको ऐतिहासिक आस्थाको भौतिक प्रमाण भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं बौद्ध भिक्षु डा ल्हारक्याल लामाले भन्नुभयो, “यो मौन शिलाले विगत २६ सय वर्षको इतिहासलाई सुरक्षित राखेर विश्वलाई शान्ति, सत्य र अहिंसाको मार्ग देखाइरहेको छ ।” उहाँका अनुसार प्राचीनकालमा हजारौँ तीर्थयात्रीले यस पवित्र शिलालाई स्पर्श गरेर आशीर्वाद लिने गर्दथे ।

Previous Post

कांग्रेस विशेष महाधिवेशन सुरु

Next Post

‘सहकार्यमा निर्वाचन सफल’

Next Post
‘सहकार्यमा निर्वाचन सफल’

‘सहकार्यमा निर्वाचन सफल’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version