For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Blog

बाँकेमा साक्षरता दर ७३ प्रतिशत बढी

byDainik Nepalgunj
January 18, 2026
in Blog
0 0
0
बाँकेमा साक्षरता दर ७३ प्रतिशत बढी
Share on FacebookShare on Twitter

शिक्षा व्यक्ति तथा सामाजिक उन्नतिका लागि आधारशीला हो जसले मानव विकास र कल्याणलाई साकार तुल्याउन विशेष भूमिका खेल्दछ । पूर्व बाल विकासले संज्ञानात्मक, सामाजिक र भावनात्मक आधार सिर्जना गर्दछ जसले भावी जीवनका परिणतिहरूलाई प्रभावित गर्दछ । यसबाहेक शिक्षाले आर्थिक उत्थान र आम्दानीका सम्भावनाहरूलाई प्रवर्धन गर्दछ । शैक्षिक परिणाममा हुनसक्ने कुनै पनि असमानताका कारणबाट पुस्ताहरूका बिचको असमानतालाई स्थायी प्रकारले स्थापित मात्र गर्दैन अपितु न्यायपूर्ण र समावेशी समाज स्थापनाको सङ्कल्पलाई अवमूल्यन गर्दछ । राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्कमा आधारित राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले शैक्षिक क्षेत्रमा भएका प्रगति र विद्यालयमा उपस्थिति, विद्यालयमा बिताएका वर्ष एवम् साक्षरतासहितको लेखाजोखा गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसारको साक्षरता सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । विभिन्न उमेर समूहमा समेत विभाग गरिएको तथ्यांक अनुसार बाँकेमा ५ वर्ष वा माथिका व्यक्ति साक्षरताको दर बाँकेमा ७३.४ प्रतिशत रहेको छ । तथ्यांक कार्यालयका अनुसार, उक्त उमेर समूहमा पुरुष तर्फको साक्षरता दर ७९.६ र महिला तर्फको साक्षरता दर ६७.५ प्रतिशत रहेको छ । बाँकेमा शिक्षामा लैंगिक अन्तर भने १२.१ प्रतिशत रहेको छ ।

जिल्लामा १० देखि १९ बर्ष उमेर समूहको साक्षरता दर ९१ प्रतिशत रहेको छ । जसमा पुरुष प्रतिशत ९१.८ र महिला तर्फको साक्षरता दर ९०.१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । वयस्कहरूको साक्षरता दर भने बाँकेमा ६९.७ प्रतिशत मात्रै रहेको छ । जसमा पुरुष तर्फ साक्षरता दर ७५.१ र महिला तर्फ ५९.४ प्रतिशत रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्कमा आधारित साक्षरताको अवस्था प्रतिवेदनमा नेपालगन्ज उपमहानगरपालिकामा १८ बर्ष माथिको साक्षरता दर ७२.५९ प्रतिशत, १० देखि १९ बर्ष समूहमा साक्षरता दर ८९.४९ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा साक्षरता दर ८६.७३ प्रतिशत रहेको छ ।

त्यस्तै, कोहलपुरमा साक्षरता दर १८ बर्ष माथिको उमेर समूहमा ७६.६२ प्रतिशत, १० देखि १९ बर्ष उमेर समूहमा ९८.१२ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा ९७.४४ प्रतिशत, राप्तीसोनारी गाउँपालिकामा उक्त उमेर समूहमा क्रमशः ६७.०४ प्रतिशत, ९७.६८ प्रतिशत, ९६.३७ प्रतिशत रहेको छ ।

त्यस्तै, बैजनाथ गाउँपालिकामा १८ बर्ष माथिको साक्षरता दर ७०.१७ प्रतिशत, १० देखि १९ बर्ष उमेर समूहमा साक्षरता दर ९९.२१ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा ९७.५० प्रतिशत रहेको छ ।

बाँकेको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा तुलनात्मक रूपमा कम साक्षरता दर रहेको तथ्यांकले देखाएको छ । डुडुवा र नरैनापुरमा १८ बर्ष माथिको साक्षरता दर क्रमशः ४५.११ र ३८.६२, १० देखि १९ बर्ष उमेर समूहमा क्रमशः ७८.७६ र ६५.०५, ५ देखि १७ बर्ष उमेर समूहमा क्रमशः ७५.७८ र ६४.३१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

नेपालको शिक्षा प्रणालीको समष्टिगत स्वरूप
शैक्षिक नीति तथा कार्यक्रमः निःशुल्क र अनिवार्य शिक्षा ऐन २०७४, विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८८) जस्तो ऐतिहासिक कदमले समता र समानतामा जोड दिएको तथ्यांक कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्रियस्तरमा कार्यान्वयन गरिएको खाजा अभियान र शिक्षाका क्षेत्रमा लक्षित छात्रवृत्तिले उपस्थितिदर र सिकाइका नतिजाहरूमा सुधार ल्याउने उद्देश्य राखेको देखिन्छ ।
‘विद्यार्थीहरूको बसाइँसराइ र ओझेलमा परेको उच्च तहको शैक्षिक विकासः उच्च शिक्षामा वि.सं. २०४६ यता उल्लेखनीय विस्तार भएको र राज्यले पनि शिक्षामा ठुलो लगानी गरेको यथार्थका बावजुद उच्च शिक्षाका लागि वर्षेनी धेरै विद्यार्थीहरू विदेश पलायन हुने गरेका छन्’, राष्ट्रिय तथ्यांक कार्यालयको शैक्षिक प्रतिवेदनमा उल्लेख छ, ‘आधारभूत र माध्यमिक तहको शिक्षामा खासगरी सहरी क्षेत्रमा निजी विद्यालयहरूले ३० प्रतिशत विद्यार्थी ओगटेको देखिन्छ । पूर्ववाल विकास र त्यो तहको शिक्षामा निजी विद्यालयहरूको हिस्सा निकै ठुलो रहेको छ तर कक्षा ९ र १० भने ती विद्यालयहरूमा पढ्ने विद्यार्थी घट्दो दरमा रहेका छन् । उच्च माध्यमिक तहमा भने निजीस्तरका विद्यालयमा विद्यार्थीहरू फेरि बढेको देखिन्छ ।’

विद्यालय तथा कलेजमा भर्ना स्थिति
नेपालमा पाँच वर्षको उमेरपछि विद्यालय जाने दर निकै नै छ तर माध्यमिक शिक्षापछि भने यो तीव रूपमा घटेको पाइन्छ । उमेर बढेपछि विद्यालय प्रवेश गर्ने अवस्था विद्यमान रहेको भए तापनि १५ देखि १९ वर्षसम्मका प्रत्येक चारमध्ये एकजना विद्यालयबाहिर रहेको देखिन्छ । यस्तो अवस्था खासगरी छात्राहरूका हकमा देखिन्छ र माध्यमिक शिक्षाभन्दा पछाडि ४० प्रतिशतभन्दा बढीले उच्च शिक्षा अध्ययन गर्न छोडेको देखिन्छ ।
‘छात्राहरूतर्फको विद्यालय र कलेजमा उपस्थितिदर उनीहरू १८ देखि १९ वर्षमा पुग्दा तीव्र गतिले घटेको देखिन्छ । यसका पछाडि चाँडो विवाह, पारिवारिक दायित्व वहन र उच्च शिक्षामा उनीहरूको सीमित पहुँच कारक रहेको विश्वास गरिन्छ’, तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘मधेस प्रदेश, सम्पन्नताको तल्लो पञ्चांश र सीमान्तकृत समुदाय मधेसी दलित, धार्मिक तथा भाषिक अल्पसंख्यक बालबालिकाले विद्यालय जानका लागि उच्च तहका बाधाहरूको सामना गर्ने गरेका छन् जसमा कहिल्यै विद्यालय नगएका र विद्यालय
छोड्नेहरूको संख्या पनि अधिकतम नै रहेको छ ।’

विद्यालयबाहिर रहने बालबालिकाको दर राष्ट्रियस्तरमै उच्चः पाँचदेखि १७ वर्षसम्मका १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेका देखिन्छन् र तीमध्ये कहिल्यै विद्यालय नगएका र विद्यालय छोडेका दुई समूहमा करिब करिब बराबरी हिस्सामा रहेका छन् । विकट भूगोल, पछाडि परेका जातजाति र न्यून आयस्तर भएका वर्गमा यस्ता बालबालिकाको संख्या अधिकतम रहेको छ ।
उमेरजन्य विद्यालय छोड्ने प्रवृत्क्ति विद्यालयबाहिर रहने जोखिम प्रारम्भिक उमेर र विद्यालयमा हुनुपर्ने उमेरको पछिल्लो कालखण्डमा उच्चतम रहेको देखिन्छ । पाँच वर्ष उमेरका धेरै बालबालिका विद्यालयभन्दा बाहिर रहेका भए तापनि ९ वर्षको उमेरसम्म पुग्दा यो दर घटेको देखिन्छ । बालबालिका १० वर्षको भएपछि (कक्षा ५) का दिनहरूमा उनीहरू १३ वर्षको किशोरावस्थासम्म पुग्दा विद्यालयबाहिर रहने दरले उच्चतम बिन्दु छोएके देखिन्छ । यो समय भनेको उनीहरू माध्यमिक तहमा प्रवेश गर्ने उमेर हो ।

तहगत अध्ययन उपलब्धि
तहगत अध्ययनमा भएको सुधार र विषमताः विद्यार्थीहरूले पूरा गरेको शैक्षिक तहमा सुधार आएको छ तथापि विषमता भने विद्यमान नै रहेको अवस्था छ । प्रदेशस्तरमा हेर्दा विद्यालयमा बिताएका औसत वर्षहरूको अङ्गमा वृद्धि भएको भए तापनि जातजाति, सम्पन्नताको तह, मधेसी दलित र धार्मिक तथा भाषिक अल्पसंख्यक जनसंख्याका विचमा त्यस्तो सुधार हुन अझै बाँकी छ र यो विषमता महिलाका सन्दर्भमा झनै उच्च रहेको छ ।
सम्पन्नताको स्तर, जातजातिगत विषमता र तहगत अध्ययन उपलब्धिः कुनै पनि उमेर समूहमा सम्पन्नताको तहले लामो अवधिको शैक्षिक उपलब्धिलाई प्रत्यक्ष तवरले प्रभावित गरेको देखिन्छ । केही सुधारका बाबजुद जातजातिगत तहमा दीर्घ अवधिको शैक्षिक उपलब्धिमा हुने विषमता अझै पनि विद्यमान रहेको छ ।

लैङ्गिक समतामा सुधारः प्रादेशिक स्तर र जातजातिहरूका बिचमा शिक्षाका क्षेत्रमा विद्यमान लैङ्गिक असमानता साँधुरो हुँदै गइरहेको छ । कतिपय प्रदेशमा त नयाँ पुस्तामाझ विद्यालय तहको शैक्षिक उपलब्धिको समता सूचकको मान लैङ्गिक तहमा लगभग समताको तहमा पुगेको देखिन्छ ।

साक्षरता
पाँच वर्ष र सोभन्दा माथिका व्यक्तिको साक्षरता ७६.२ प्रतिशत छ जसमा पुरुषतर्फ ८३.६ प्रतिशत साक्षरता रहेको छ भने महिला साक्षरताको मान ६९.४ प्रतिशत रहेको छ । पुस्तान्तरसँगै साक्षरतामा वृद्धिः वि.सं. २०६८ बाट २०७८ का विचमा पुरुषतर्फको प्रौढ साक्षरतामा १० प्रतिशत विन्दुले वृद्धि भएको छ र महिलाका हकमा यस्तो वृद्धि १६ प्रतिशत विन्दु रहेको छ । यसका बाबजुद लैङ्गिक असमानता करिव १८ प्रतिशत रहेर उल्लेखनीय रहेको छ। अठार वर्षभन्दा मुनिका बालबालिकातर्फ साक्षरतादरमा पुरुषको ९ प्रतिशत विन्दुको वृद्धि रहेको छ भने महिलाको ११ प्रतिशत विन्दुको वृद्धिका साथ शतप्रतिशत साक्षरता लगभग ९९ प्रतिशत पुगेको छ ।
पुस्तान्तर र सुधारिएको लैङ्गिक समता सन् १९५७ देखि १९६१ को पुस्तामा साक्षरताको असमानता ३५ प्रतिशत विन्दुमा रहेको थियो । तर, सन् २०१२–२०१६ को पुस्तामा आइपुग्दा तीव्रतर सुधारका कारण असमानता नगण्य रही करिव समताको तहमा पुगेको देखिन्छ । खासगरी महिला साक्षरतामा उच्च दरले वृद्धि भइरहेको अवस्था छ ।

Previous Post

एमालेले अघि सार्यो अब्दुल करिम खाँ

Next Post

उत्सवमा दुई सय थरि मःमः

Next Post
उत्सवमा दुई सय थरि मःमः

उत्सवमा दुई सय थरि मःमः

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

February 16, 2026
बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

February 16, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

प्रतिनिधिसभा निर्वाचनः जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

February 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version