“म यो पटक नेपालका पुराना कुनैपनि पार्टीलाई भोट हाल्दिनँ ।” पछिल्लो पटक नेपालमा भेट्दा मेरो बाल्यकालको साथीले भन्यो ।
“किन बे ?” उही दोस्तियाना लवजमा सोधे ।
“यो पुराना पार्टीको काम पनि छैन, आशा पनि छैन ।”, घुमाई फिराई कुरा गर्न नजान्ने उसले सटिक जवाफ दियो ।
“त्यसो भए कुन पार्टीलाई भोट हाल्ने विचार छ त?”
उसको उत्तर अझ स्पष्ट थियो—
“म पुराना कुनै पनि दललाई भोट हाल्दिनँ । म यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट हाल्छु ।
…
तान्जानिया फर्कदै गर्दा मैले फेसबुकमा यात्राबारे पोस्ट गरेको थिए ।
“कृपया राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नुहोला र यो पार्टीका लागि माहोल बनाउन पनि सहयोग गर्नुहोला है ।” सारमा एक मित्रको कमेन्ट यस्तै थियो ।
नेपाल बाहिरै रहेको गाउँको साथीले त पुराना दलहरूप्रतिको तिक्तता पोख्दै लामै स्टाटस लेख्यो । राष्टिय स्वतन्त्र पार्टिलाई भोट हाल्नै पर्ने दाबी सहित ।
मैले अनुभव गरेका यि पछिल्ला घटनाक्रले मेरो मनमा एउटा प्रश्न आयो, ‘के राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै “घण्टी” बजाउन सक्ला ?’ घण्टि यानिकि रास्वपाको चुनाव चिन्ह ।
यी घटनाहरू सामान्य लाग्न सक्छन्, तर यिनले प्रतिनिधित्व गर्ने भावनाचाहिँ ठूलो छ । यो कुनै एक व्यक्तिको सोच मात्र होइन, पछिल्लो समय धेरै नेपालीको मनोविज्ञानमा देखिन थालेको परिवर्तनको संकेत हो ।
अहिले सामाजिक सन्जालहरूमा प्रवासमा रहेका नेपालीहरूको पोष्ट, कमेन्टहरू हेर्दा नेपालका पुराना दलप्रति तिव्र वितृष्णा देखिन्छ । उनिहरूले “पुरानै दल, पुरानै अनुहार” प्रतिको असन्तुष्टि खुल्ला रूपमा व्यक्त गरिरहेका छन् ।
पछिल्लो केहीसमयमा नेपालको राजनीतिक परिदिशा तिब्र रूपमा बदलिरहेको छ । विशेष गरी भदौ (सेप्टेम्बर ८ र ९, २०२५) मा भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा तिब्र परिवर्तन आएको छ ।
जोनजीको जनआन्दोलनले केवल सरकार मात्र परिवर्तन गरेन, यसले जनताको अपेक्षा पनि बदलिदिएको छ । आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दिन बाध्य भए । पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा जेनजीले चाहेको (!) सरकार बनेको छ ।
अहिलेको सरकारको प्रमुख जिम्मेवारी भनेको फाल्गुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउनु हो । यस चुनाबाटद्म केवल सरकार परिवर्तन मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अवसर पनि छ ।
चुनाव आयोगका तथ्यांक हेर्ने हो भने यस पटक करिब १० लाख नयाँ मतदाता थपिएका छन । यीमध्ये ठूलो हिस्सा युवा मतदाताको छ । यही समूह अहिले सबैभन्दा धेरै प्रश्न पनि गरिरहेको छ—“हामीले किन फेरि त्यही पुरानै विकल्प किन रोज्ने ?”
पुराना राजनीतिक दलहरूतर्फको पारा हेर्दा पनि खासै उत्साहजनक लक्षण देखिदैन । कुनैपनि दलले जेनजीको मनोभावना अनुसार आफुलाई बदलेको स्पष्ट रूपमा देखिएको छैन ।
जेनजी आन्दोलन अघि नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली थिए अहिले पनि उनिनै छन । जेनजीका मागप्रति भन्दा पुरानै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दैआएको नेकपा एमालेले उम्मेदवारसमेत छानेर चुनावमा होमिएको छ ।
देशकै सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली काँग्रेस आन्तरिक किचलोमै अल्झिएको छ । विशेष महाधिबेशन गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनिसकेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई नमाने पनि निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई मान्यता दिइसकेको छ । यसबाट स्पष्ट रूपमै कांगे्रस टुक्रिएको छ ।
यस्तो अन्तर–विरोधले गर्दा नेपाली कांग्रेसको एकता कमजोर भएको छ । पार्टी भित्रको विवादले आगामी चुनावमा काँग्रेसको नतिजामा प्रभाव पार्ने त भयोनै संसदमा काँगे्रसको हैसियतनै के हुने भन्ने प्रश्न छ ।
अर्को तर्फ चुनावको मुखमै काँग्रेस फुटले आगामी चुनावको तालिकामा प्रभाव पर्ने र चुनाव सर्न सक्ने संशय पनि बढेको छ ।
माओवादी केन्द्र सधैंझैँ गठबन्धनको राजनीतिमा केन्द्रित छ । दर्जन बढि दललाई मिलाएर पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टि बनाएका छन । उसो छ चुनावको मुखमा कहिले काँग्रेस र कहिले एमालेसँग गठबन्धन गर्न खप्पिस दाहालले यो पटक दुबै पार्टीसँग तालमेलको सम्भावना कम देखिन्छ । अनि आफैपनि चुनाव लड्नका लागि आफुलाई सबैभन्दा सुरक्षित ठाउँ कहाँ हुन सक्छ भन्ने ध्याउन्नमा छन् ।
यी र यस्ता राजनीतिक घटनाक्रमले गर्दा पनि अहिले धेरै मतदातालाई विकल्प खोज्न बाध्य बनाएको छ । विशेष गरेर युवा पुस्तालाई ।
त्यसैले पनि होला अहिले रास्वपाको चर्चा बढ्दै गएको छ । विशेषतः जेनजी आन्दोलनलाई प्रत्यक्ष रूपमा समर्थन गरेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको एकता (हाल घिसिंग छुटिइसकेका छन्) र अन्य दलका सदस्यहरूको रास्वपामा प्रवेशले यस पार्टीप्रति समर्थन खुला समर्थन र चासो बढाएको छ । यद्यपी रवि लामिछाने माथि लागेको मुद्दालाई प्रतिपक्षिले चुनावी मसला बनाउनेछन् ।
त्यसमाथि काठमाडौंका मेयर तथा भावि प्रधानमन्त्रीको रूपमा हेरिएका बालेनले एमाले सुप्रिमो तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा ५ बाट चुनाव लड्ने उद्घोष गरेका छन् । यसले रास्वपा प्रतिको चासो अझ बढाईदिएको छ ।
तर रास्वपा प्रतिको यो चासो र युवा वर्गमा देखिएको उत्साह मात्र रास्वपालाई घण्टी बजाउन या भनौ आगामी चुनाव जितेर सरकार बनाउन पर्याप्त छ त ?
राजनीतिक पार्टीका लागि संगठन, नीति, नेतृत्व जति बलियो भएपनि उनिहरूको असली परिक्षण भनेको जनताको मतबाट हुने हो ।
त्यसैले पनि रास्ट्रिय स्वतन्त्र पार्टीका लागि यो चुनाव जनताबाट परिक्षण हुन सक्ने ठुलै सम्भावना भएको चुनाव हो ।
रास्वपालाई जनताले विश्वास दिन तयार देखिन्छन्, तर त्यो विश्वासलाई कसरी व्यवहारमा उतारिन्छ भन्ने प्रश्न भने थातीनै छ ।
अन्ततः कुरा फेरि त्यही प्रश्नमा आएर अडिन्छ, के रास्ट्रिय स्वतन्त्र पार्टीले अबको चुनावमा घण्टी बजाउन सक्ला? के रास्वपा बैकल्पिक शक्ति बन्न सक्ला ?
यो प्रश्नको उत्तर आगामीे चुनावले नै दिनेछ ।
(यहि विषयमा मैले मेरो युट्युब च्यानल बिशालपाना च्यानलमा पनि आफ्नो बिचार राखेको छु । कृपया हेर्नुहोला ।)
?
