आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार, मंगलबार बेलुकी ६ बजेसम्म प्रत्यक्षतर्फ कुल दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएको जानकारी दिएका छन् । केही निर्वाचन क्षेत्रमा रुजु प्रक्रिया बाँकी रहेकाले उम्मेदवार संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार, सबैभन्दा कम उम्मेदवारी मुस्ताङमा चार र मनाङमा पाँच जनाको दर्ता भएको छ भने रूपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा सबैभन्दा बढी ३५–३५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता प्रक्रिया सामान्यतया शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।
यसैबीच, बाँकेमा प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । आयोग सम्बद्ध स्रोतका अनुसार तीन वटा क्षेत्रबाट ६० जनाले मनोनयन दर्ता गराएका छन् । ती मध्ये दुई वटा रुजु गर्न बाँकी रहेकाले
‘पेन्डिङ्ग’मा राखिएको छ ।
बाँके क्षेत्र नं १ बाट नेकपा (एमाले) का निवर्तमान सांसद सूर्य ढकाल, नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायत प्रमुख दलका उम्मेदवार मैदानमा छन् । क्षेत्र नं. १ मा १६ जनाले उम्मेदवारी दर्ता गरेको आयोगले जनाएको छ ।
बाँके क्षेत्र नं २ बाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दर्ता गरे । सोही क्षेत्रबाट नेपाली काँग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला सहित विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । सम्पत्ति शुद्धिकरण मुद्दामा धरौटी बुझाउन नसकेर कारागारबास भएका राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेषले वारेसनामा मार्फत आफ्नो उम्मेदवारी दर्ता गराए ।
यस्तै, क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (एमाले) का सुमन मल्ल, रास्वपाका खगेन्द्र सुनारसहित विभिन्न दल र स्वतन्त्र गरी का २२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले माघ ७ र ८ गते उजुरी, जाँचबुझ तथा नामावली प्रकाशन, माघ ९ गते उम्मेदवारी फिर्ता र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।
बाँकेमा अघिल्ला आम निर्वाचन जस्तो उम्मेदवारहरूमा उम्मेदवारी दर्ताका क्रममा हुने हर्षोल्लास भने प्रकट भएन । खासगरी निर्वाचन आयोगले तामझाम नगर्न दिएको निर्देशनका कारण यसो भएको दाबी दलको छ । नेकपाका उम्मेदवार दिपेन्द्र विष्टले क्षेत्र नं. २ मा र रास्वपाका उम्मेदवार खगेन्द्र सुनारले क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ताका क्रममा बाजागाजा प्रयोग गरे ।
यी हुन् बाँकेका उम्मेदवार
बाँके क्षेत्र नम्बर १ मा दर्ता भएका उम्मेदवारहरूको नामावलीः
१. दुर्गा थापा–नेपाल मजदुर किसान पार्टी
२. कृष्णा केसी–प्रगतिशील लोकतान्त्रिक पार्टी
३. दिवाकर वर्मा–स्वतन्त्र
४. धन बहादुर खड्का–उज्यालो नेपाल पार्टी
५. दिपक बहादुर शाही–स्वतन्त्र
६. सुरेश कुमार चौधरी–राष्ट्रिय स्वतन्त्र पार्टी
७. प्रदीप पौडेल–स्वतन्त्र
८. राजेन्द्र कुमार विश्वकर्मा–जनता समाजवादी पार्टी नेपाल
९. तुलसी राम सापकोटा–राष्ट्रिय जनमोर्चा
१०. भरत निधि तिवारी–श्रम संस्कृति पार्टी
११. सूर्य प्रसाद ढकाल–नेकपा एमाले
१२. फेरुलाल चौधरी–मंगोल नेशनल अर्गनाइजेन
१३. दिपक बुढाथोकी–नेकपा (माओवादी)
१४. प्रदिप कुमार शाह–राष्ट्रिय प्रजातन्त्र पार्टी
१५. नरेन्द्र प्रसाद पाण्डे–नेपाली कम्युनिष्ट पार्टी
१६. नारायण प्रसाद गौडेल–नेपाली काँग्रेस
बाँके क्षेत्र नम्बर २ मा दर्ता भएका उम्मेदवारहरूको नामावलीः
१. सरस्वती प्रसाद बर्मा– जनता समाजवादी पार्टी
२. गोपाल प्रसाद गिरी– स्वतन्त्र
३. प्रकाश शाह –नेपाल मजदुर किसान पार्टी
४. सौरभ जंग शाह – स्वतन्त्र
५. ऋषिराज देवकोटा – राप्रपा
६. राम चरण चौधरी– श्रम संस्कृति पार्टी
७. मोहम्मद इस्तियाक राई – नेकपा एमाले
८. महेन्द्र बहादुर चन्द– नेकपा माओवादी
९. विजय कुमार गुप्ता–नेपाल जनता पार्टी
१०. जगदिश ढकाल–राष्ट्रिय जनमोर्चा
११. सुधान्सु कोईराला– नेपाली काङ्ग्रेस
१२. अब्दुल अमर साई –आम जनता पार्टी
१३. दिपेन्द्र बिष्ट–नेपाल कम्युनिष्ट पार्टी
१४. मनोज कुमार चौधरी– स्वतन्त्र
१५. शैलेन्द्र कुमार कर्ण–उज्यालो नेपाल
१६. मो. कमरुद्धिन राई– जनता समाजबादी पार्टी नेपाल
१७. मजिल अली शेष – प्रगतिशिल लोकतान्त्रिक पार्टी
१८. विवेक कुमार श्रेष्ठ –राष्ट्रिय स्वतन्त्र पार्टी
१९. बावु प्रकाश घिमिरे – राष्ट्रिय मुक्ति मोर्चा नेपाल
२०. सिताराम यादव – राष्ट्रिय एकता दल
२१. मोहमद आजाद साई – जनमत पार्टी
२२. इरफान अहमद शेष –राष्ट्रिय जनमत पार्टी
बाँके क्षेत्र नं. ३ का उम्मेदवारहरू
१. भूमि महतरा–नेपाल मजदुर किसान पार्टी
२. मनोज कुमार थारु–मंगोल नेशनल अर्गनाइजेन
३. खगेन्द्र सुनार–राष्ट्रिय स्वतन्त्र पार्टी
४. चन्द्रवीर कामी–नेकपा माक्सवादी पुष्पलाल
५. सुमन मल्ल–नेकपा एमाले
६. ओमकार थापा मगर–श्रम संस्कृति पार्टी
७. ध्रुवराज थारु–नागरिक उन्मुक्ति पार्टी
८. रूप कुमार चन्द–मितेरी पार्टी नेपाल
९. तारक सिंह थारु–राष्ट्रिय प्रजातन्त्र पार्टी
१०. मुबारक अलि दर्जी–राष्ट्रिय जनमत पार्टी
११. विद्या शर्मा–आम जनता पार्टी
१२. अमर सिंह पुन–नेपाली काँग्रेस
१३. सूर्यलाल यादव–जनता समाजवादी पार्टी नेपाल
१४. मन बहादुर सुनार–राष्ट्रिय जनमोर्चा
१५. तेजबहादुर भण्डारी–प्रगतिशील लोकतान्त्रिक पार्टी
१६. पदम बहादुर घर्ति–स्वतन्त्र
१७. चेतबहादुर ओली–स्वतन्त्र
१८. भिमबहादुर सुनार–स्वतन्त्र
१९. फिरोज खाँ–जनमत पार्टी
२०. भगवती शाह–स्वतन्त्र
२१. दिपक जिएम–नेपाली कम्युनिष्ट पार्टी
२२. सूर्य प्रकाश रेग्मी–स्वतन्त्र






























