आउँदो २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ्गले एक सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन आग्रह गरेको हो । निर्वाचनको समयमा कुनै पनि प्रकारका हिंसात्मक गतिविधि हुन नदिन र सुरक्षा व्यवस्था मजबुत बनाउन यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ ।
यसैगरी, कसैले अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको जानकारी पाएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सूचना दिनसमेत सर्वसाधारणलाई अनुरोध गरिएको
छ ।






























