‘बदलिएको काँग्रेस चाहन्छ, देशलाई बदल्न’

नेपाली कांग्रेसको विषेश महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका पूर्व सांसद मैकुलाल बाल्मिकीले कांग्रेस बदलिएको र अब देशलाई बदल्न चाहेको बताएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आफू र देशलाई बदल्ने अठोटका निर्वाचनको मैदानमा होमिएको उनको भनाइ थियो ।

शनिवार बाँके काँग्रेस प्रचारप्रसार समितिले आसन्न निर्वाचन तयारीका लागि आयोजना गरेको जिल्ला स्तरीय भने, ‘निर्वाचनबाटै काँग्रेस बदलिएको थाह पाउनु भएको होला ।’ उनले विगतमा गठबन्धनका नाममा भएका क्रियाकलापको चर्चा गर्दै भने, ‘हाम्रा साथीहरुलाई कहिले सूर्यमा, कहिले हँसिया हथौडामा, कहिले हलोमा मत हाल्न बाध्य पारिएको थियो ।’

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, जिल्ला सचिव एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुधान्सु कोइराला, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारद्वय दुःखीराम लोनिया र दीपनारायण बर्मालगायतले बोलेका थिए ।

कार्यबाहक सभापति अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रचारप्रसार समितिलाई वडा तहसम्म विस्तार गर्दै नेता कार्यकर्तालाई जिम्मेवारी प्रदान गरिएको काँग्रेसले जनाएको छ ।

Exit mobile version