पश्चिम नेपालकै बृहत् फुटसल प्रतियोगिता सम्पन्न भएको छ । माघ ९ देखि १० भएको गोल्ड फेस्ट सिजन वानको उपाधि कोहलपुरको रेसिङ सहारा फुटबल क्लबले जित्न सफल भएको छ । १६ वटा टिमको सहभागिता रहेको यस प्रतियोगितामा फाइनल खेल मानवी यफ सि र रेसिङ सहारा क्लब, कोहलपुर बीच भएको थियो । फाइनल खेल रेसिङ सहाराले दुई-एकले जितेको हो । खेलकुदलाई पर्या पर्यटन र मनोरञ्जनसँग जोड्ने किसिमले खास गरी सुदूरपश्चिम ,कर्णाली र लुम्बिनी प्रदेशका खेलाडीहरूलाई लक्षित गरेर यो प्रतियोगिता आयोजना गरिएको आयोजक ईश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहले बताए । कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण आचार्यको उपस्थिति रहेको थियो । नगर प्रमुखका अनुसार यस्ता खालका प्रतियोगिताले खेलाडीहरूलाई मनोबल बढाएर ठूला ठूला प्रतियोगितामा अगाडि बढ्नका लागि अवसर प्रदान गर्ने गरेको बताउनुभयो । कार्यक्रममा नेपालगञ्ज न्युरो अस्पतालका डा.जोशन न्यौपाने , ब्राइटल्याण्ड स्कुलका भाइस प्रिन्सिपल राजा तिमिल्सिना, किसान इट्टा उद्योगका अध्यक्ष राम खत्री , कोहलपुर नगरपालिका खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्री , अभियन्ता समाजसेवी सौभाग्य जंग शाह , ब्रेनवेका प्रदेस प्रमुख राधा महतराले खेलाडीहरूलाई बधाई तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विजेताले रु ७५००० तथा उपविजेताले रु.३१ हजार प्राप्त गरे भने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ताले टफ्री र नगद प्राप्त गरे ।
पश्चिम नेपालकै बृहत् फुटसल प्रतियोगिता सम्पन्न
- Dainik Nepalgunj

- Categories: News
Related Content
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
by
Dainik Nepalgunj
April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस
by
Dainik Nepalgunj
April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत
by
Dainik Nepalgunj
April 3, 2026
बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच
by
Dainik Nepalgunj
April 3, 2026
हाइसको ठक्करबाट बालकको मृत्यु
by
Dainik Nepalgunj
April 3, 2026