पदक विजेता खेलाडी सम्मान

भारतको देहरादुनमा भएको तेक्वान्दो प्रतियोगितामा ५१ वटा मेडल जितेका बाँकेका खेलाडीलाई सम्मान गरिएको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जले एक कार्यक्रमको आयोजना गरेर मेडल विजेता खेलाडीलाई सम्मान गरेको हो ।
जनवरी १६ देखि १८ गतेसम्म भएको प्रतियोगितामा बाँकेका खेलाडीले २३ वटा गोल्ड, १४ वटा रजत र १५ वटा कास्य पदक जितेका थिए । उमादेवी थापाको कमाण्ड र सरितासिंह ठकुरी टिम व्यवस्थापकको रूपमा देहरादुन गएका थिए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रमुख महेश चन्द, राखेपका पूर्वसदस्य दिपेन्द्र विष्ट, प्रशिक्षक प्रमुख जयन्तकुमार श्रेष्ठ, प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठलगायतले खेलाडीलाई सम्मान गरेका थिए ।

पूर्वसदस्यले खेलकुद क्षेत्रलाई सदैव अगाडि बढाउन आफु प्रयत्नशील रहने बताए ।

Exit mobile version