बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट निर्वाचन अभियानमा जनताको दैनिकीसँग जोडिएको बताएका छन् ।
‘समस्या सुन्न टोल–टोलमा आफैँ पुग्ने गरेको छु,’ वडा नं. २० को एउटा टोलमा भेटिएका विष्टले भने, ‘नेपालगन्जका विभिन्न टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै बाटो, बत्ती र खानेपानीजस्ता आधारभूत समस्याबारे गहिरो संवाद गरिरहेको छु ।’
‘जनताका घरआँगनमै पुगेर स्थानीयका गुनासा सुनेर समस्या कागजमा मात्र सीमित नराखी व्यवहारिक समाधानतर्फ लैजाने मेरो प्रतिबद्धता हो,’ विष्टले निर्वाचन अभियानबारे भने ।
