साइकल उत्सवसँगै आयोजना हुन लागिरहेको टुर दि ठाकुरद्वाराका लागि बाँके निकुञ्जले साझेदारी गर्ने भएको छ । आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अनुसार, वन तथा वातावरण मन्त्री माधव चौलागाईसँग भेटघाट र छलफल पछि मन्त्रालयसँगै सहकार्यको अपेक्षामा रहेको आयोजनाले निकुञ्जसँग भने साझेदारीको टुंगो लगाइसकेको हो ।
‘यो पर्यापर्यटनका दृष्टिका पनि उत्तिकै महत्वपूर्ण भएकाले साइकल उत्सव र टुर दि ठाकुरद्वाराका लागि बाँके निकुञ्जसँग साझेदारी गरिएको हो’, क्लब अध्यक्ष कविराम बुढाथोकीले भने । उनका अनुसार, क्लब सदस्य दिनेश थापामगरले त्यसका लागि निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कंडेलसँग समझदारी गरेका छन् ।





























