राप्रपा बाँके क्षेत्र नं. २ का उम्मेदवारऋषिराज देवकोटाको प्रचारप्रसार सम्पर्क कार्यालय त्रिभुवन चोकमा बुधबार उद्घाटन गरिएको छ ।
त्यसक्रममा बोल्दै उम्मेदवार देवकोटाले हिन्दुराष्ट्र हुँदा सबै धर्म समुदायको सम्मान रहेको बताएका थिए । उनले चुनावका बेला हिन्दु हुने मतमाग्ने संसदमा पुगेपछि धर्मनिरपेक्ष बनाउने धर्मका विषयमा नबोल्ने उम्मेदवारका विषयमा बुझ्न जरुरी रहेको बताए ।
भ्रष्टाचार मुक्त र सुशासनकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गरिरहेको बताए । सुशासनका पक्षमा आवाज उठाउँदा पार्टी नेता रविन्द्र मिश्र र धवल समशेर राणालाई ४० दिन थुनामा राखेको उम्मेदवार देवकोटाले बताए । जेनजीको आन्दोलनलाई समर्थन जनाएका उनले छाती फुलाएर जनतामाझ जाने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्रै भएको बताए ।






























