बाँके निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपेन्द्र विष्टले शुक्रबार नेपालगन्ज उपमहानगपालिका वडा नं. १८ का मतदातासँग अन्तरक्रियात्मक छलफल गरेका छन् ।
विष्टको प्रचार सचिवालयका अनुसार, मतदातासँगको घरदैलो, प्रत्यक्ष संवाद र समूहगत अन्तरक्रियामा रहेका उम्मेदवार विष्टले त्यसक्रममा मतदाताका सुझाव संकलनसँगै स्थानीय आवश्यकता सूचिकृत गरेका छन् ।
‘खानेपानी, सरसफाई, रोजगारी, शिक्षा र राजनीतिमा युवा सहभागिता लगायतका विषयलाई मतदाताले प्राथमिकतामा राखेको पाइयो’, छलफल पछि उम्मेदवार विष्टले दैनिक नेपालगन्जसँग भने, ‘मतदाताका सुझाव र प्राथमिकतालाई लिपिबद्ध गरेर राखेको छु, भोलि यसलाई कुनै न कुनै रूपमा पूरा गर्ने मेरो प्रतिबद्धता छ ।’
