जस्मिन पेन्ट्सले आफ्नो उपभोक्ता योजना ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’ अन्तर्गत विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरेको जनाएको छ ।
लक्की ड्र मार्फत बाँके कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता चयन भएकी थिइन् । उनलाई टिकट हस्तान्तरण गर्ने कार्यक्रम ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा भएको हो । कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले आधिकारिक रूपमा विजेतालाई टिकट प्रदान गरको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
३२ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सले आफ्नो ग्राहकलाई पुरस्कार दिने उद्देश्यका साथ यस योजना ल्याएको जनाएको छ ।
कम्पनीले आफ्नो ‘नेपाली मनको रङ्ग’ भन्ने स्लोगनअनुसार आगामी दिनमा पनि नेपालभरीका ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।





























