सनातन संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि महाशिवरात्रीको अवसरमा नेपालगन्जमा आज भजन किर्तन समारोह आयोजना गरिने भएको छ ।
होटल पौवाले ‘भक्ति र आस्थाको महासन्ध्या’का रूपमा महाशिवरात्रीलाई लिंदै भजन, किर्तन समारोहको आयोजना गरेको होटलका जनसम्पर्क प्रबन्धक नेत्र भण्डारीले जानकारी दिए ।
होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा प्रसाद भण्डारीले देशभर छरिएका पौवाका धेरैजसो शाखाहरूमा महाशिवरात्री उत्सव विशेष कार्यक्रमको आयोजना मनाइने कार्यक्रम रहेको जानकारी दिए । ‘स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि नेपाली सनातन संस्कृतिको विशेष उत्सवबारे जानकारी दिनुपनि यसको उद्देश्य हो’, अध्यक्ष भण्डारीले भने ।





























