For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, February 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

प्राथमिकता दक्ष खेलाडी उत्पादन

byDainik Nepalgunj
February 20, 2026
in विचार
0 0
0
प्राथमिकता दक्ष खेलाडी उत्पादन
Share on FacebookShare on Twitter

नेपालगन्जलाई ‘साइक्लिङ सिटी’का रूपमा स्थापित गर्ने अभियान प्रभावकारी हुन सकिरहेको छैन । नेपालगन्ज साइक्लिङ क्लबले स्थापना कालदेखि उठाएको ‘साइकल लेन’ले सम्बोधन पाएको छैन । खेलकुद, स्वास्थ्य, पर्यावरण र पर्यटनलाई एउटै सूत्रमा बाँध्दै साइक्लिङ संस्कृतिलाई संस्थागत रूप दिन ‘टुर डे ठाकुरद्वारा’ जस्ता ठूला कार्यक्रममार्फत बाँके–बर्दियाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको प्रवद्र्धन गर्दै आएको नेपालगन्ज साइक्लिङ क्लब अब दीर्घकालीन पूर्वाधार विकास, नीतिगत सहकार्य र समुदाय–केन्द्रित पर्यटन मोडलतर्फ अग्रसर देखिन्छ ।

आगामी ३–५ वर्षमा नेपालगन्जलाई साइक्लिङमैत्री शहरका रूपमा चिनाउन क्लबले सदस्य प्रशिक्षण, वार्षिक राइड क्यालेन्डर, विद्यालय–कलेज केन्द्रित प्रवद्र्धन कार्यक्रम, महिला तथा बालबालिका लक्षित विशेष पहल जस्ता योजनालाई प्राथमिकतामा राखेको छ ।

सँगै, प्रायोजन, सदस्यता शुल्क र स्थानीय सरकारसँगको समन्वयमार्फत आर्थिक दिगोपन सुनिश्चित गर्दै पारदर्शी प्रतिवेदन प्रणाली विकास गर्ने प्रयास पनि जारी छ ।

ठूला राइड तथा प्रतिस्पर्धामा सहभागीको सुरक्षा, ट्राफिक व्यवस्थापन, मेडिकल सपोर्ट र दुर्घटना बीमा जस्ता प्रोटोकललाई व्यवस्थित गर्दै क्लबले व्यावसायिकता बढाउने संकेत दिएको छ । अर्कोतर्फ, साइक्लिङमार्फत बाँके जिल्ला र बर्दिया जिल्ला का धार्मिक स्थल, प्राकृतिक सम्पदा र सामुदायिक होमस्टे प्रवद्र्धन हुँदा स्थानीय व्यवसायी र युवामा प्रत्यक्ष आर्थिक लाभ तथा सहभागिताको अवसर विस्तार भएको देखिन्छ ।यिनै विषयवस्तुलाई केन्द्रमा राख्दै हामीले नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष कविराम बुढाथोकीसँग साइक्लिङ संस्कृति, पूर्वाधार, सुरक्षा, साझेदारी र समुदायसँगको सहकार्यबारे विस्तृत कुराकानी गरेका छौँ ।

प्रस्तुत छ, दैनिक नेपालगन्जको आजको अंकमा सोही संवादको अंश ।

नेपालगन्ज साइक्लिङ क्लबको दीर्घकालीन दृष्टि र रणनीति के हो ?

क्लबको पहिलो प्राथमिकता दक्ष खेलाडी उत्पादन गर्नु हो । यही उद्देश्य पूरा गर्न हामीले हरेक वर्ष ‘मेयर कप च्याम्पियनसिप’, ‘पम्प ट्र्याक च्याम्पियनसिप’ तथा प्रदेशस्तरीय प्रतियोगिताहरू आयोजना गर्दै आएका छौँ । खेलाडी उत्पादनसँगै पर्यटन प्रवद्र्धन र पर्यापर्यटनको उजागर गर्ने हाम्रो अर्को महत्वपूर्ण लक्ष्य हो ।ओझेलमा परेका परम्परागत सांस्कृतिक तथा धार्मिक स्थलहरूको पहिचान र प्रचार–प्रसार, प्रकृति तथा पर्यावरणको संरक्षण र प्रवद्र्धन, र स्वस्थ तथा सुरक्षित जीवनशैलीको अभ्यासका लागि सामूहिक सचेतना फैलाउनु हाम्रो दीर्घकालीन रणनीतिमा समेटिएको छ । साइकललाई खेलकुद मात्र नभई जीवनशैलीका रूपमा स्थापित गर्ने अभियानमा क्लब निरन्तर लागिरहेको छ ।

‘टुर डे ठाकुरद्वारा’ जस्ता ठूला कार्यक्रमबाहेक क्लबका नियमित गतिविधि के–के छन् ?

ठूला कार्यक्रमबाहेक क्लबले नियमित रूपमा हरेक शनिबार तथा विशेष पर्वहरूमा सामूहिक साइकल राइड आयोजना गर्छ । विश्व मुटु दिवस, विश्व क्षयरोग दिवस, विश्व एचआइभी÷एड्स दिवस, विश्व वातावरण दिवस लगायतका अवसरमा सचेतनामूलक कार्यक्रम र ¥यालीमार्फत दिवसको महत्व उजागर गर्ने गरेका छौँ ।

क्लबका सदस्यबीच आपसी सम्बन्ध सुदृढ गर्न र दुःख–सुखमा साथ दिन हामी सक्रिय रहन्छौँ । आवश्यक पर्दा रक्तदान, स्वास्थ्य शिविरजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममा सहभागिता जनाउने गरेका छौँ । पर्यावरण संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन गर्नुका साथै सडक सुरक्षा र साइकल अधिकारका विषयमा बहस, पैरवी तथा ‘क्रिटिकल मास’ जस्ता रचनात्मक कार्यक्रममार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरेका छौँ ।

त्यसैगरी, लुकेर रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको खोज र प्रचार–प्रसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैत्री तथा सोलो साइकल राइडको आयोजना तथा सहभागिता, र हरेक वर्ष ‘कोरा’ अभियानमार्फत धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्ने कार्य निरन्तर गर्दै आएका छौँ ।

क्लबलाई व्यवस्थित बनाउँदै आर्थिक दिगोपन र स्रोत व्यवस्थापन कसरी गर्दै आउनुभएको छ ?

क्लबको स्रोत व्यवस्थापनका लागि सदस्यता शुल्क, रसिद संकलन, च्यारिटी राइड, तथा सरकारी, गैरसरकारी र अर्धसरकारी निकायहरूबाट सहयोग लिने गरेका छौँ ।देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रममार्फत सहयोग संकलन गर्ने गरिएको छ । साथै, स्थानीय तथा राष्ट्रियस्तरका साइकल प्रतियोगिताबाट प्राप्त दर्ता शुल्क तथा अन्य कार्यक्रमजन्य आम्दानीलाई पनि स्रोतका रूपमा प्रयोग गर्दै आएका छौँ । यसरी विविध माध्यमबाट स्रोत जुटाउँदै क्लबलाई आर्थिक रूपमा दिगो बनाउने प्रयास गरिरहेका छौँ ।

‘टुर डे ठाकुरद्वारा’ जस्ता आयोजनामा सुरक्षा, बीमा र आपतकालीन व्यवस्थापनको मापदण्ड के हो ?

‘टुर डे ठाकुरद्वारा’ जस्ता कार्यक्रममा सहभागी सबैलाई ५ लाख रुपैयाँसम्मको आकस्मिक दुर्घटना बीमा गरिएको हुन्छ । यस वर्ष पनि सबै सहभागीको बीमा व्यवस्था गरिएको छ ।

कार्यक्रम अवधिभर आन्तरिक तथा बाह्य सुरक्षाका लागि सरकारी सुरक्षा संयन्त्रसँग समन्वय गरी आवश्यक सहयोग लिइन्छ । स्वयंसेवक र निजी सुरक्षा गार्ड परिचालन गरिन्छ ।

स्वास्थ्य सुरक्षाका लागि औषधिसहित स्वास्थ्यकर्मी तथा एम्बुलेन्सको व्यवस्था अनिवार्य रूपमा गरिन्छ, ताकि कुनै आकस्मिक अवस्था आएमा तुरुन्त उपचार उपलब्ध गराउन सकियोस् । समुदाय र पर्यटनसँगको जोड कत्तिको प्रभावकारी छ ?

समुदाय र पर्यटनबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण र प्रभावकारी छ । समुदायको अपनत्व र सहकार्यबिना साइकल पर्यटन सफल हुन सक्दैन । पर्यटक, पर्यटन र स्थानीय समुदायबीचको अन्तरसम्बन्धले आर्थिक, धार्मिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ भन्नेमा दुईमत छैन ।

साइकलिङ आफैँमा बहुआयामिक विषय हो—यसले संस्कृति, प्रकृति, पर्यटन, पर्यावरण, खेलकुद र स्वास्थ्यलाई एकैसाथ जोड्छ । यही मूलमन्त्रलाई अंगीकार गर्दै हामी आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ ।

Previous Post

आज टुर दि ठाकुरद्वारा

Next Post

‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना

Next Post
‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना

‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना

‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना

February 20, 2026
प्राथमिकता दक्ष खेलाडी उत्पादन

प्राथमिकता दक्ष खेलाडी उत्पादन

February 20, 2026
उत्साहप्रद ‘सिद्धार्थ किड्स रेस’

आज टुर दि ठाकुरद्वारा

February 20, 2026
उत्साहप्रद ‘सिद्धार्थ किड्स रेस’

उत्साहप्रद ‘सिद्धार्थ किड्स रेस’

February 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version