अब पर्दैन लखनउ जान, नेपालगन्जमै आउँछन् लखनउका डाक्टर

गणेश विशु

नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्य हब हो । गुणस्तरीय स्वास्थ्य सेवाले नै नेपालगन्जलाई स्वास्थ्यको हबका रुपमा परिभाषित गरेको छ । तर, पछिल्लो समय स्वास्थ्यमा हुँदै गएको प्रविधि विकासलाई भने नेपालगन्जले पछ्याउन चुकेको छ । विकसित प्रविधिको अभावमा केही बिरामी अहिले भारतीय सहर लखनउसम्म पुग्न थालेका छन् । यसले यहाँका बिरामी नेपालगन्जबाट तीन घण्टा यात्रा गरेर महँगोमा उपचार लिन बाध्य छन् । महँगो शुल्कमा लखनउ गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नेपालगन्जमा पहल सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच नेपालगन्ज मेडिकल कलेज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच एक सहकार्य भएको छ । जुन, पश्चिम नेपालकै स्वास्थ्यमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न अपोलो मेडिक्स अस्पतालसँग सहकार्य गरिएको नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेशकुमार कोनोडियाले बताएका छन् । केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने उनले विश्व व्यक्त गरेका छन् । यससँगै बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ । बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन बिरामीको जाँचलगायत सेवा विस्तारलाई प्राथमिकता दिइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

निःशुल्क ओपिडी सेवा, अन्य सेवामा सामान्य शुल्क लाग्ने र ओपिडी सेवा प्रत्येक शनिबार हुनेछ ।  ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवा मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कताअनुसार रिफर गरिने प्रवन्ध निर्देशक कोनोडियाले बताए । उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले यो सहकार्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूणर् उपलब्धि भएको बताए । उनले यहाँका विपन्न वर्गका बिरामीलाई सहकार्यमा उल्लेख भएअनुसारको भन्दा पनि अझ बढी छुटको व्यवस्था मिलाउन पनि आग्रह गरे । नेपालका बिरामीको उपचार गर्न पाउँदा खुसी भएको अपोलो मेडिक्स अस्पतालका प्रबन्ध निर्देशक तथा सिइओ डा. मयंक सोमानीले बताए । यो सहकार्यले पश्चिम नेपालका बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

२०५३ सालमा स्थापना भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालगन्ज मेडिकल कलेज र अपोलो ओपिडीका फाइदा :

अपोलो अस्पताल, लखनऊमा रेफर भएका बिरामीले पाउने सुविधा

फार्मेसीमा भने कुनै छुट सुविधा पाउने छैन ।

Exit mobile version