तीन दिन नाका शिल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज सोमबार मध्यरातीदेखि नेपाल–भारत सीमा बन्द गरिने भएको छ । बाँकेका सीमा नाका मौन अवधि सुरु भएसँगै तीन दिन बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष, भयरिहत र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सम्पूर्ण सीमा नाका बन्द हुने जारी सूचनामा उल्लेख छ । भारतसँग बाँकेको सीमा क्षेत्र करिब ६५ किलोमिटर रहेको छ ।

Exit mobile version