बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिनुभयो ।

सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गर्नुभएको छ ।

बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी हुनुभएको छ । क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ ।

Exit mobile version