निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५ मत प्राप्त गर्नुभएको छ ।






























