आइतबार ११६औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । त्यसक्रममा नेपालगन्जमा अछामी सेवा समाज बाँकेले सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर भन्ने नाराका साथ आयोजना गरेको थियो ।
समाजका महिला उपसमिति संयोजक सरस्वती बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार दिपा स्वाँर थिइन् ।
नेत्रा बोगटीले स्वागत गरेको कार्यक्रममा समाजका अध्यक्ष पुष्कर बहादुर खड्का, दमन्ती फाउण्डेसन नेपालका अध्यक्ष इन्दु जिसी, समाजका सल्लाहकार समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, दैलेखी सेवा समाजका अध्यक्ष पूर्णदेव गिरी, सल्लाहकार खड्ग बहादुर बोहरा लगायतल शुभकामना दिएका थिए ।
कार्यक्रममा कार्यसमिति सदस्य खकेन्द्र प्रसाद न्यौपानेले हास्यव्यङ्ग्य नाटक प्रस्तुत गरे भने बालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।
