प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आज काठमाडौँको गैरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।
