प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँकेका तीन वटै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक भएको छ ।
बाँकेको निर्वाचन क्षेत्र नं. १ र ३ जितेको रास्वपाले समानुपातिकमा पनि बाँकेमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । क्षेत्र नं. २ मा प्रत्यक्षमा विजयी नभएपनि समानुपातिकमा भने सबैभन्दा बढी मत रास्वपाले नै प्राप्त गरेको छ ।
२०७९ मा प्रत्यक्ष तर्फ बाँके क्षेत्र नं. १ एमाले, २ मा राप्रपा र क्षेत्र नं. ३ मा काँग्रेस विजयी भएको थियो । यसपटक काँग्रेसले बाँकेमा एउटा क्षेत्रमा पनि जित निकाल्न सकेन भने एमालेले एउटा क्षेत्र जित्यो । २०७९ मा एउटा क्षेत्र नजितेको रास्वपा यसपटक बाँकेका २ वटा निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरले विजयी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ बाँके क्षेत्र नं. १ मा ८ हजार ९ सय ९२, क्षेत्र नं. २ मा ४ हजार १ सय ३, र क्षेत्र नं. ३ मा ६ हजार ४ सय ७३ मत प्राप्त गरेको थियो । हालै सम्पन्न २०८२ को निर्वाचनमा रास्वपाले समानुपातिक तर्फ बाँके क्षेत्र नं. १ मा ३४ हजार ३ सय ८२, क्षेत्र नं. २ मा २४ हजार ३ सय ४१, क्षेत्र नं. ३ मा ३१ हजार ३ सय ६ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली काँग्रेसले समानुपातिक तर्फ २०८२ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा १४ हजार २ सय २४, क्षेत्र नं. २ मा १२ हजार ५ सय ८४ र क्षेत्र नं. ३ मा १३ हजार २ सय ७८ मत प्राप्त गरेको छ । वि.सं. २०७९ मा काँग्रेसले समानुपातिक तर्फ क्षेत्र नं. १ मा १४ हजार २ सय १८, क्षेत्र नं. २ मा १० हजार १ सय ९८, क्षेत्र नं. ३ मा १९ हजार ६ सय ६७ मत प्राप्त गरेको थियो ।
नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ बाँके क्षेत्र नं. १ मा १० हजार ३ सय २०, क्षे त्रनं. २ मा २० हजार ५ सय ५२ र क्षेत्र नं. ३ मा १६ हजार २ सय ३० मत प्राप्त गरेको छ । वि.सं. २०७९ को निर्वाचनमा समानुपातिक तर्फ एमालेले बाँके क्षेत्र नं. १ मा १६ हजार ८ सय ७६, क्षेत्र नं. २ मा ९ हजार ३ सय ४६ र क्षे त्रनं. ३ मा १८ हजार ३ सय ४९ मत प्राप्त गरेको थियो ।
वि.सं. २०८२ को प्रतिनिधिसभा समानुपातिक तर्फ राप्रपाले क्षेत्र नं. १ मा ४ हजार २ सय ८४, क्षेत्र नं. २ मा ३ हजार ३ सय ६५ र क्षेत्र नं. ३ मा २ हजार ९ सय ६५ मत प्राप्त गरेको छ । यसअघि २०७९ को समानुपातिकमा राप्रपाले क्षेत्र नं. १ मा ५ हजार १ सय ४४, क्षेत्र नं. २ मा ११ हजार ३ सय ८० र क्षेत्र नं. ३ मा २ हजार ७ सय ८६ मत प्राप्त गरेको छ ।
जसपाले हालै सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ क्षेत्र नं. १ मा १ सय १०, क्षेत्र नं. २ मा १ हजार ७ सय ९९ र क्षेत्र नं. ३ मा १ सय ९३ मत प्राप्त गर्यो । उक्तपार्टीले २०७९ को निर्वाचनमा क्षेत्र नं. १ मा २ हजार ४ सय ८२, क्षेत्र नं. २ मा २० हजार २ सय ५१ र क्षेत्र नं. ३ मा ४ हजार ४ सय ४६ मत प्राप्त गरेको थियो ।





























