प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा बाँके– क्षेत्र नं १ बाट तत्कालीन माओवादीबाट निर्वाचित कृष्णा केसी (नमुना) ले दिएको राजिनामा प्रतिनिधिसभा सदस्य बन्नका लागि थियो । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके –१ मा उम्मेदवार भइन् ।
१५ हजार ५३५ मतसहित प्रदेशसभा पठाएका मतदाताले उनको संसदयात्राको महत्वाकांक्षा अनुमोदन गरेनन् । प्रलोपाकी केसी १ हजार २४० मतसहित ६ औं स्थानमा आइन् । निर्वाचन अघि उनी आबद्ध रहेको तत्कालिन माओवादी र अहिलेको नेकपाका नरेन्द्रप्रसाद पाण्डे ६ हजार ३३ मतसहित चौथो स्थानमा पुगे ।
बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मत प्राप्त गरी निर्वाचित भए ।
कांग्रेसका नारायणप्रसाद गौडेल १५ हजार ३०१ मतसहित दोस्रो हुँदा निवर्तमान प्रतिनिधिसभा सदस्य एमालेका सूर्यप्रसाद ढकाल ११ हजार १५ मतसहित तेस्रो र राप्रपाका प्रदीपकुमार शाह ३ हजार २३४ मतसहित पाँचौं भएका थिए ।






























