‘जिम्मेवार भएर सेवा प्रवाह गर’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले सरकारी सेवा प्रवाहमा जिम्मेवार हुन निर्देशन दिएका छन् । सोमबार बाँकेका सरकारी कार्यालयका प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै प्रजिअ तामांगले आर्थिक बर्षको दुई चौमासिक बितिसक्दा लक्षित कार्यसम्पादन भए, नभएको विवरण हेरेर कार्यसम्पादनलाई छिटो, छरितो र गुणस्तरीय बनाउन निर्देशन दिएका हुन् ।

‘जनताले सुशासन र सहजताको अनुभूति गर्नुपर्छ’, बैठकमा कार्यालय प्रमुखहरूलाई आफुले प्रष्टसँग निर्देशित गरेको जानकारी दिंदै प्रजिअ तामांगले दैनिक नेपालगन्जसँग भने, ‘सेवा प्रवाह गुणस्तरीय होस् भन्नका लागि जिम्मेवार भएर अगाडि बढ्न निर्देशित गरिएको छ ।’

Exit mobile version