अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीको फस्र्यौट बढ्दो क्रममा रहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा परेका उजुरीहरू सोही आ.व.मा फस्र्यौट हुने प्रतिशत वृद्धि भैरहेको तथ्यांकले देखाएको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले आ.व. २०७९÷८० मा परेका उजुरी मध्ये ६१.४५ प्रतिशत, आ.व. २०८०÷०८१ मा परेका उजुरी मध्ये ८३.८१ प्रतिशत, आ.व. २०८१÷०८२ मा परेका उजुरी मध्ये ८७.७५ प्रतिशत उजुरी फस्र्यौट भएको हो ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा आ.व. २०७९÷८० मा ८ सय १२ उजुरी परेकोमा ४ सय ९९, आ.व. २०८०÷०८१ मा १ हजार ४४ उजुरी परेकोमा ८ सय ७५, आ.व. २०८१÷०८२ मा परेका उजुरी मध्ये ७ सय ८८ उजुरी सोही आ.व.मा फस्र्यौट भएका थिए ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व.को हालसम्म २ सय ७५ उजुरी दर्ता भएका छन् । चालु आ.व.को साउनमा ५५, भदौंमा ५०, असोजमा २५, कार्तिकमा २१, मंसिरमा ३५, पुसमा ३५, माघमा २६, फागुनमा २४ र चैत्रको हालसम्म ४ वटा उजुरी दर्ता भएका छन् ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले दाङ्ग, बाँके, बर्दिया र रोल्पा जिल्लाको कार्यभार सम्हाल्दै आएको छ । अख्तियारमा धेरै जसो उजुरी स्थानीय तहको पर्ने गरेका छन् ।





























