कर्णाली प्रदेशसभामा आज बसेको बैठकमा प्रदेशसभाबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी सङ्कल्प प्रस्ताव पास भएको छ ।
प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त सङकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । उक्त प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहनुभएको थियो । उक्त प्रस्तावको पक्षमा प्रदेशसभा सदस्य उर्मिला विकले समर्थन गर्नुभएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेशसभामा उठेका कुराको जवाफ दिँदै हवाई सेवाका लागि रु ४० लाख बजेट विनियोजन भएको बताउनुभयो । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।
