नेपालगन्जमा खुल्यो ‘हाम्रो मेगा मार्ट’

नेपालगन्जमा ‘हाम्रो मेगा मार्ट’ सञ्चालनमा आएको छ । युवा उद्यमी निलराज अधिकारीको नेतृत्वमा डेढ करोड बढीको लगानीमा सञ्चालनमा ल्याइएको सुपरमार्केट ‘हाम्रो मेगा मार्ट’ शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भव्य समारोह बीच उद्घाटन गरेका हुन् । ‘तमाम समस्याहरू बीच आत्मनिर्भर अर्थतन्त्रलाई टेवा पुर्याउन हाम्रो तर्फबाट गरिएको यो प्रसास हो’, कार्यक्रममा मार्टका प्रबन्ध निर्देशक निलराज अधिकारीले भने ।

अधिकारीको नेतृत्वमा सञ्चालनमा ल्याइएको यो आठौं व्यवसायिक प्रतिष्ठान हो । ‘राजनीतिक परिवर्तनको प्रयासले मूर्त रूप पाएको छ’, रास्वपाका प्रदेश महामन्त्री समेत रहेका अधिकारीले भने, ‘अब आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तनका लागि सबैले हातेमालो गर्नुपर्छ ।’

Exit mobile version