पक्राउपछि पूर्वगृहमन्त्री लेखकले के भने

पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरकाे कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्ताे बताएका हुन्।

उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशाेध पूर्ण ढंगले मलाई पक्राउ गरेकाे छ। यसकाे राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।’ मन्त्रिपरिषदकाे निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएकाे लेखकले बताए। ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्ताे कहिले हुँदैन संसारमा,’ उनले भने।

Exit mobile version